९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिम: त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

अ अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सडक मार्ग पुनः जोखिममा परेको छ । 

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण सडक कटान भई राजमार्ग अवरुद्ध भएपछि सञ्चालनमा ल्याइएको उक्त नयाँ ट्रयाकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सडक भासिने त्रास बढेको हो ।

 गत भदौको बाढीका कारण पृथ्वी राजमार्गको मुख्य खण्डमा क्षति पुगेपछि यातायात सहज बनाउने उद्देश्यले तत्कालका लागि वैकल्पिक ट्रयाक निर्माण गरिएको थियो । निरन्तरको वर्षापछि नदीको बहाव र कटान अझै नरोकिएका कारण उक्त नयाँ निर्माण गरिएको सडक पनि सुरक्षित नरहेको विज्ञहरूले औंल्याएका छन् । 

निर्माण भइसकेको ट्रयाकको तल्लो तटीय क्षेत्रबाट त्रिशूली नदीले जमिन कटान जारी राखेकाले सडकको जग कमजोर बन्दै गएको छ । हाल पृथ्वी राजमार्गका विभिन्न सात स्थानमा पहिरोका कारण सडक खण्ड अवरुद्ध हुँदै आएको छ । 

कृष्णभीरको भौगोलिक अवस्था आफैँमा निकै कमजोर र संवेदनशील मानिन्छ । त्यसमाथि नदीको कटानले निरन्तरता पाएकाले तत्काल दिगो समाधान नखोजिए पुनः सडक सम्पर्क विच्छेद हुने जोखिम उच्च छ । सडक डिभिजन कार्यालयले प्राविधिक टोलीमार्फत अवस्थाको अनुगमन गरिरहेको भए पनि नदी नियन्त्रणको कार्य चुनौतीपूर्ण बनेको छ । 

राजमार्गको यो खण्ड मुलुकको राजधानी काठमाडौँलाई जोड्ने मुख्य लाइफलाइन भएकाले यसको संरक्षणमा गम्भीरता अपनाउनुपर्ने आवश्यकता देखिएको छ । वैकल्पिक मार्ग सुरक्षित नहुँदा हजारौं यात्रु र ढुवानी सेवा प्रत्यक्ष प्रभावित भइरहेका छन् । हाल भइरहेको कटानले नयाँ ट्रयाक नै बगाउने सम्भावना बढेपछि अबको रणनीति के हुने भन्ने प्रश्न स्थानीय र सरोकारवालाहरूले उठाएका छन् ।

0 Comments