९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती

अ अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण बिपी राजमार्ग अन्तर्गत रोशी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले आंशिक बगाएपछि राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।

डाइभर्सन बग्नुका साथै सडकका विभिन्न खण्डमा खसेको पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा प्रभावित बनेको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि सो मार्ग हुँदै चल्ने सवारी साधनहरू पूर्ण रूपमा ठप्प भएका छन् ।

यसका अतिरिक्त राजमार्ग अन्तर्गतका चारसयबेशी, चौकीडाडा र गिम्तीबेशी खण्डमा माथिबाट पहिरो खस्दा सडक सञ्जाल थप प्रभावित भएको छ ।

सडक अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा यात्रा गर्ने सयौँ यात्रुहरू र सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् ।

सडक डिभिजन भक्तपुरले अवरुद्ध सडक खुलाउनका लागि प्राविधिक टोली परिचालन गरिसकेको छ ।

डिभिजनका अधिकारीहरूका अनुसार, पानी पर्न रोकिएको अवस्थामा ५ घण्टाभित्रै यातायात सुचारु गर्ने गरी कार्ययोजना अघि बढाइएको छ । स्थायी संरचनाको मर्मत र डाइभर्सनको पुनः निर्माणका लागि आवश्यक जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ ।

हाल पहिरो पन्छाउने काम जारी रहे पनि निरन्तरको वर्षाले काममा कठिनाइ उत्पन्न भएको छ । सम्बन्धित निकायले यस रुट भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

0 Comments