१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

अ अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कालीगण्डकी नदीमा आइतबारदेखिको वर्षासँगै आएको बाढीबाट प्रभावित पर्वतको जलजला गाउँपालिका-८ फर्सेको आज स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढी पहिरोबाट भएको जनधनको क्षति, सडक, पुललगायत भौतिक पूर्वाधारमा परेको असर र प्रभावित नागरिकको अवस्थाबारे स्थानीयवासी र जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिएका हुन् ।

विपदमा परेका नागरिकको उद्धार, राहत, उपचार तथा पुन:स्थापनालाई उच्च प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन प्रयास भइरहेको भइरहेको उनले बताए।

गण्डकी प्रदेशभित्र बाढी पहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराउने सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । त्यस्तै, मृत्यु भएका नागरिकका परिवारलाई काजकिरिया खर्चबापत थप रु. २५ हजार र घाइते नागरिकलाई उपचार खर्चबापत रु. ५० हजार उपलब्ध गराइने भएको छ ।

बाढी पहिरोका कारण गण्डकी प्रदेशमा २० जनाभन्दा बढीको मृत्यु भएको छ भने केही अझै बेपत्ता छन् । बाढी पहिरोले सडक, पुल, खानेपानी तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । प्रदेशभर बाढी पहिरोका कारण ११ वटा झोलुंगे पुल, ६ वटा पक्की पुलमा क्षति पुगेको जनाइएको छ ।

बाढी पहिरोले अवरुद्ध बनेका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरोला सडक तथा बेँसीसहर-मनाङ सडक सञ्चालनमा ल्याउन संघीय सरकारसँग समन्वय गरिएको प्रदेश सरकारले जनाएको छ ।

चाडपर्वका बेला बाढी पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती हुने भएकाले वैकल्पिक व्यवस्था सम्भव भएको ठाउँमा तत्काल सडक सुचारु गराउन प्रदेश मातहतका जिल्लास्थित पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिइएको मुख्यमन्त्री पाण्डेले बताए ।

मन्त्रिपरिषद् बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचना तथा पूर्वाधारको पुन:निर्माणका काम तत्काल सुरु गर्न र भएको क्षतिको पूर्ण विवरण तीन दिनभित्र संकलन गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ । प्रदेश सरकारले पर्वतसहित बागलुङ, मनाङ र म्याग्दीका बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार त्रिपाल र स्वास्थ्य सामग्री पठाइएको जनाएको छ ।

प्रदेशका ११ वटै जिल्लाका विपद् व्यवस्थापन समितिको कोषमा न्यूनतम १० लाख रुपैयाँ नघट्ने गरी बजेट व्यवस्था गरिएको र प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ मौज्दात रहेको प्रदेश सरकारले जनाएको छ ।

0 Comments