१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु विपद्बारे अध्ययन गर्न गठित संसदीय समितिको नेतृत्वमा गणेश पराजुली, सभामुखले गराए शपथ

अ अ+ अ-

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको महाविपत्ति र यसको जलवायु परिवर्तनसँगको सम्बन्धबारे अध्ययन गर्न गठित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ का सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

सभामुख डोलप्रसाद अर्यालले नव–निर्वाचित सभापति पराजुलीलाई बुधवार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

हिमाली क्षेत्रको विपत्तिलाई ‘हिमाली सुनामी’ को संज्ञा दिँदै सभापति पराजुलीले विगत ५ सय वर्षमा नदेखिएको प्रकृतिको महाविपत्ति नेपालले भोग्नुपरेको बताए। जलवायु परिवर्तन र नेपालको विपद् व्यवस्थापनबीचको सम्बन्धलाई थप स्पष्ट पार्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाएको ‘जलवायु न्याय’ को मुद्दालाई अब व्यावहारिक रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । 

समितिले विपद्को पूर्वतयारी, राहत, उद्धार र सीमापार समन्वयका विषयमा गहिरो अध्ययन गर्नेछ । जलवायु परिवर्तनका कारण सिर्जित जोखिम न्यूनीकरणका लागि विकासका अवधारणा र पूर्वाधार निर्माणमा कस्तो परिवर्तन आवश्यक छ भन्ने विषय समितिको मुख्य प्राथमिकतामा रहनेछ । साथै, सङ्घीयताको मर्मअनुसार स्थानीय तहसम्म रहेका विपद् व्यवस्थापन संयन्त्र र स्रोतको प्रभावकारी परिचालनबारे पनि समितिले विश्लेषण गर्नेछ । 

तीन महिनाको समयसीमा पाएको यो समितिले आउँदो चाडपर्वको बिदालाई समेत मध्यनजर गर्दै कार्यतालिका निर्माण गर्नेछ । समितिको कार्यादेशमा अन्तर्राष्ट्रिय सरोकारवाला र संसदीय मैत्री समूहसँगको समन्वयलाई पनि उत्तिकै महत्त्व दिइएको छ । सबै दलको सर्वसम्मत समर्थनमा सभापतिमा चयन भएका पराजुलीले १५ सदस्यीय समिति, कर्मचारी र सञ्चारकर्मीहरूको सहकार्यमा विपद् न्यूनीकरणका लागि बलियो प्रतिवेदन तयार पार्ने प्रतिवद्धता व्यक्त गरे । 

0 Comments