१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खैरो हेरोइनसहित जेन जेड आन्दोलनका फरार प्रतिवादी र भारतीय महिला पक्राउ

अ अ+ अ-

काठमाडौँ। लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले काठमाडौँ उपत्यकामा अवैध लागु औषध खैरो हेरोइन बिक्री वितरण गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लमजुङ बेसीशहर नगरपालिका–२ ठेगाना भएका २७ वर्षीय विक्रम गुरुङ र भारत पश्चिम बंगालकी ५० वर्षीया प्रिया भुजेल रहेका छन्। ब्युरोबाट खटिएको प्रहरी टोलीले यही असोज १३ गते चन्द्रागिरि नगरपालिका–७ सतुंगलबाट विक्रम गुरुङलाई २८ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र नगद रु. ७ लाखसहित नियन्त्रणमा लिएको थियो। त्यसपछिको अनुसन्धानको क्रममा सिलगुढीबाट काठमाडौँ उपत्यकामा खैरो हेरोइन ल्याई बिक्री वितरण गर्दै आएकी प्रिया भुजेललाई असोज १४ गते चन्द्रागिरि–१२ बाट १८२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट जम्मा २१० ग्राम ५०० मिलिग्राम खैरो हेरोइन, नगद रु. ७ लाख र दुई थान मोबाइल बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका बिक्रम गुरुङ यसअघि २०८१ असोज २ गते २९४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइन मुद्दामा पक्राउ परी जगन्नाथ देवल कारागारमा थुनामा रहेका थिए। उनी जेनजेड आन्दोलनको क्रममा कारागारबाट फरार भएको खुलेको छ।

0 Comments