१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरोपछि अष्ट्रेलियाको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा आभार व्यक्त

अ अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा हालै आएको बाढी पहिरोबाट भएको क्षतिपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन्।

नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले अष्ट्रेलियाको सहयोगका लागि धन्यवाद दिएका हुन्।

भेटमा प्रधानमन्त्री शाहले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकारले खोज, उद्धार, राहत तथा पुन:स्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका थिए।

विपद्पछि अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरसहित १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली र राहत सामग्री नेपाल पठाएकोमा प्रधानमन्त्रीले प्रशंसा गरे। अष्ट्रेलियाले उपलब्ध गराएको ११ मिलियन अष्ट्रेलियन डलर सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको उनको भनाइ थियो।

बाढीपछि बेपत्ता रहेका अष्ट्रेलियन नागरिकको खोजीलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारीसमेत प्रधानमन्त्री शाहले राजदूत अर्न्स्टलाई गराएका थिए। उनले मानव संसाधन विकासका क्षेत्रमा अष्ट्रेलियाले नेपाललाई गर्दै आएको निरन्तर सहयोगप्रति पनि धन्यवाद दिए।

भेटका क्रममा राजदूत अर्न्स्टले बाढी पहिरोबाट नेपालमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका थिए। उनले संयुक्त राष्ट्रसंघमा नेपालको पछिल्लो प्रभावकारी उपस्थितिको समेत प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

0 Comments