१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सांसद खातीको प्रश्न : ‘वालेन्द्र सरकार संविधानअनुसार बनेको हो कि होइन ?’

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद खम्मबहादुर खातीले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गरिएको गिरफ्तारीबारे सरकारसँग जवाफ माग गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सरकार संविधान र विधिको शासनअनुरूप नचलेको आरोप पनि लगाए । उनले यो सरकार संविधान बमोजिम बनेको हो कि होइन ? भन्दै प्रश्न पनि गरे ।

संविधानअनुसार बनेको सरकारले संविधानको कार्यान्वयन गर्नुपर्नेमा सरकार त्यसतर्फ अघि बढ्न नसकेको उनको भनाइ छ । सांसद खातीले पूर्वप्रधान न्यायाधीश जबरा पक्राउ गर्नुको कारणबारे प्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा जवाफ दिन रुलिङको माग गरे ।

उनले भने, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई के कति कारणले बिना कारण १२ घण्टा बढी थुनामा राखिएको हो । सुरक्षा खतराको कारण सुरक्षित ठाउँमा राखिएको भनिएको छ । यो भनेको के हो ? कसबाट खतरा भयो ?राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई किन भेट्न दिइएन ? यो संविधान बमोजिमको सरकार हो कि होइन ? हो भने यो सरकारले संविधानको परिपालना गर्नुपर्छ कि पर्दैन ?’

उनले सरकारले संविधानको न्यायको हक, स्वतन्त्रताको हक र मानव अधिकारको हक कुण्ठित गरेको आरोप पनि लगाए।

0 Comments