१५ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

अ अ+ अ-

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।

समितिको आज सम्पन्न बैठकले कार्यविधि पारित गरेको समितिका सदस्य एवं सांसद अनुष्का श्रेष्ठले जानकारी दिइन्। 

“यससँगै हाम्रो अगाडिको कामको व्यापकता अझ स्पष्ट भएको छ, सरकारी निकायहरूले गरिसकेको महत्वपूर्ण कामलाई आधार बनाउँदै उपलब्ध स्रोतको अधिकतम् उपयोग र कामको समन्वय गर्नुपर्छ । आवश्यक ठाउँमा भने स्वतन्त्र अध्ययन र छलफलका लागि पनि पर्याप्त स्थान राख्नुपर्छ”, उनले भनिन् । बैठकले हिमाली समुदायदेखि जलवायु जोखिममा रहेका नदी किनारका बस्तीहरूसम्मको प्रभावलाई कामले समेट्ने जनाएको छ । 

प्रतिनिधि सभाको १५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली बिहीबार निर्विरोध निर्वाचित भएका थिए । सभामुख डोलप्रसाद अर्यालले नवनिर्वाचित सभापति पराजुलीलाई बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएका थिए। प्रतिनिधि सभा बैठकले यही असोज ५ गते उक्त समिति गठन गरेको थियो । 

समितिमा सभापति पराजुलीसहित सांसदहरु अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहनुभएको छ । हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी-त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुन:स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नु समितिको उद्देश्य रहेको छ ।

0 Comments