१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

अ अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालय र भैरहवाको कृषि  उद्योगी-व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा उद्योगी-व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीबारे छलफल भएको छ।

भैरहवामा रहेको नार्कको कार्यालयमा आयोजित बैठकमा कृषि उत्पादनको व्यवसायीकरण, कृषि उपजको प्रशोधन तथा बजारीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र कृषि उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधारबारे छलफल गरिएको थियो।

बैठकमा उद्योगी–व्यवसायीहरूले उद्योग सञ्चालनका क्रममा भोग्दै आएका व्यावहारिक समस्या, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत, बजार व्यवस्थापन, सरकारी सहजीकरण तथा कृषि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

उद्योगी–व्यवसायीका सुझाव सुनेपछि मन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उत्पादनमुखी, आत्मनिर्भर र औद्योगिक रूपमा सक्षम बनाउन सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन् ।

मन्त्री चौधरीले कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र स्वदेशी उत्पादनको बजार विस्तार गर्न कृषि उद्योगको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् ।  उनले उद्योगी–व्यवसायीले उठाएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

बैठकको समापन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रसँगको सहकार्य र संवादलाई निरन्तरता दिइने बताइन् । उनले कृषि उद्योगको विकासमार्फत किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

0 Comments