२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयका ३५ सवारीको प्रदूषण परीक्षण, दुईवटा मापदण्डमा असफल

विद्यार्थी ओसारपसार गर्ने विद्यालयका सवारी साधनको प्रदूषण परीक्षणलाई तीव्र बनाइएको छ। दुई दिनमा परीक्षण गरिएका ३५ सवारीमध्ये दुईवटा प्रदूषण मापदण्डमा असफल भएका छन् भने ३३ वटा मापदण्ड अनुकूल पाइएको मन्त्रालयले जनाएको छ।

अ अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले विद्यालयमा विद्यार्थी ओसारपसार गर्ने सवारी साधनको प्रदूषण परीक्षण तथा अवस्थाको निरीक्षणलाई निरन्तरता दिएको छ।

सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रणसँगै विद्यालय तहबाटै वातावरणीय सचेतना बढाउने उद्देश्यले मन्त्रालयले विद्यालयका सवारी साधनको नियमित प्रदूषण परीक्षण गरिरहेको हो।

मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा दुई विद्यालयका ३५ वटा सवारी साधनको प्रदूषण परीक्षण गरिएको छ। परीक्षणमा दुईवटा सवारी साधन निर्धारित प्रदूषण मापदण्डमा असफल भएका छन्। बाँकी ३३ वटा सवारी साधन भने मापदण्ड अनुकूल पाइएको मन्त्रालयले जनाएको छ।

प्रदूषणसँगै सवारीको अवस्थासमेत निरीक्षण
परीक्षणका क्रममा सवारी साधनले उत्सर्जन गर्ने प्रदूषणको स्तरमा मात्र नभई विद्यार्थी ओसारपसारमा प्रयोग भइरहेका सवारीको अवस्था र नियमित मर्मतसम्भारका विषयमा समेत निरीक्षण गरिएको छ।

विशेष गरी नियमित रूपमा सञ्चालन हुने विद्यालयका सवारी साधनको उचित मर्मत सम्भारमार्फत प्रदूषण घटाउने र वातावरणीय मापदण्ड पालना गराउने उद्देश्यले परीक्षणलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।

विद्यार्थीलाई वायु प्रदूषणबारे प्रशिक्षण
सवारी साधनको प्राविधिक परीक्षणसँगै मन्त्रालयले विद्यालयका विद्यार्थीलाई वायु प्रदूषणबारे जनचेतनामूलक प्रशिक्षणसमेत दिएको छ।

प्रशिक्षणमा सवारी साधनबाट हुने वायु प्रदूषण, त्यसबाट पर्ने असर तथा प्रदूषण न्यूनीकरणका उपायबारे विद्यार्थीलाई जानकारी गराइएको छ।

मन्त्रालयले विद्यालयका सवारी साधनको नियमित प्रदूषण परीक्षण, उचित मर्मतसम्भार तथा विद्यार्थीमा वातावरणीय सचेतना अभिवृद्धिको अभियानलाई निरन्तरता दिने जनाएको छ।

0 Comments