२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विशेष महाधिवेशनपछि पनि कांग्रेसमा अपेक्षित रूपान्तरण भएन’ : शंकर तिवारी

अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा महामन्त्री पदका उम्मेदवार शंकर तिवारीले विशेष महाधिवेशनपछि पनि पार्टीमा अपेक्षाअनुसार रूपान्तरण हुन नसकेको बताएका छन्। उनले अब कांग्रेसभित्र ‘रूपान्तरणको पनि रूपान्तरण’ आवश्यक रहेको धारणा अघि सारेका छन्। तिवारीले कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा तिवारीले विशेष महाधिवेशनबाट सुरु भएको रूपान्तरणको प्रक्रियालाई १५औँ महाधिवेशनले थप अगाडि बढाउनुपर्ने बताए। विशेष महाधिवेशनपछि कांग्रेस ‘रनवेमा अड्किएको’ टिप्पणी गर्दै उनले पूर्ण महाधिवेशनबाट पार्टीलाई स्पष्ट राजनीतिक दिशा र गति दिनुपर्ने बताए।

उनले पार्टी सभापतिलाई बलियो बनाउनु भनेको व्यक्तिगत रूपमा साथ दिनु मात्र नभएको बताए। सही नीति निर्माणमा सहयोग गर्ने, त्यसलाई संगठनमा स्थापित गर्ने र कार्यकर्ता तथा जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउने पदाधिकारी आवश्यक रहेको उनको भनाइ छ।

पदाधिकारी तहमा युवा आवाजको माग
तिवारीले यसपटक ठूलो संख्यामा नयाँ र युवा महाधिवेशन प्रतिनिधि आएको उल्लेख गर्दै त्यसको प्रतिबिम्ब पार्टीको केन्द्रीय नेतृत्वमा पनि देखिनुपर्ने बताए।

उनले करिब ७० देखि ७२ प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आएको र त्यसमध्ये बहुसंख्यक ४५ वर्षमुनिका रहेको दाबी गरे। बदलिएको जनसांख्यिक संरचनाअनुसार पार्टीको पदाधिकारी तहमा पनि युवा पुस्ताको आवाज र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उनको भनाइ छ।

वरिष्ठ नेताको अनुभवलाई सम्मान गर्दै युवा पुस्तालाई समेत नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने उनले बताए। आफूले महामन्त्री पदलाई पार्टी रूपान्तरणको एउटा माध्यमका रूपमा लिएको तिवारीको भनाइ छ।

उनले बीपी कोइरालाको राजनीतिक अभ्यासको चर्चा गर्दै नेतृत्वले आफ्ना नीति तथा कार्यक्रम स्पष्ट रूपमा अघि सारेर कार्यान्वयनमा लैजानुपर्ने बताए। कांग्रेसका प्रतिनिधि र कार्यकर्तामा देखिएको असन्तुष्टि तथा बेचैनीलाई राजनीतिक एजेन्डा र स्पष्ट गन्तव्य दिन आफ्नो उम्मेदवारी रहेको उनले बताए।

तिवारीले महामन्त्री पदको उम्मेदवारीबाट पछि नहट्ने पनि स्पष्ट पारेका छन्।

0 Comments