२३ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल हुलाकलाई प्राप्त अन्तर्राष्ट्रिय सम्मानले थप ऊर्जा दिएको छ’ : महानिर्देशक पंगेनी

अ अ+ अ-

एसिया-प्रशान्त हुलाक संघको १४औँ महासभाबाट प्राप्त सम्मानले हुलाककर्मीलाई थप ऊर्जा दिएको महानिर्देशक पंगेनीको भनाइ, विपद्का बेला पनि सेवा निरन्तरता दिएकोमा कर्मचारीको प्रशंसा।

काठमाडौँ । दुर्गम क्षेत्रमा हुलाक सेवा प्रवाह गरेबापत नेपाल हुलाकले एसिया-प्रशान्त हुलाक संघको १४औँ महासभाबाट सम्मान प्राप्त गरेको छ।१५२औँ विश्व हुलाक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले उक्त सम्मानले हुलाककर्मीलाई थप ऊर्जा प्रदान गरेको उल्लेख गरेकी छन्।

उनले प्राकृतिक प्रकोपका कारण मानवीय तथा भौतिक सम्पत्तिमा क्षति पुगेको अवस्थामा समेत वैकल्पिक मार्ग र साधन प्रयोग गरी हुलाक सेवा निरन्तर सञ्चालन गरिएको बताएकी छन्। सर्वव्यापी सेवा दायित्वको मान्यताअनुसार विपद्का बेला सेवा निरन्तरता दिने हुलाककर्मी तथा सहजीकरण गर्ने व्यक्ति र निकायको योगदान अनुकरणीय रहेको उनको भनाइ छ।

महानिर्देशक पंगेनीका अनुसार सीमित स्रोतसाधनका बाबजुद हुलाक सेवा विभागले सेवा आधुनिकीकरण, डिजिटल प्रविधिको प्रयोग, द्रुत डाँक तथा पार्सल सेवाको विस्तार र विद्युतीय व्यापारसँग आबद्धताको सुरुवात गरेको छ।

विभागले डाँक ढुवानी तथा वितरण सेवामा सुधार, सरकारी निकायहरूसँग सहकार्य र सेवाग्राहीमैत्री सेवा प्रवाह प्रणाली सुदृढीकरणका कामसमेत गर्दै आएको उनले उल्लेख गरेकी छन्।

हुलाकसम्बन्धी विद्यमान कानुन, नीति, योजना तथा कार्यक्रमसँगै विश्व हुलाक संघ र एसिया–प्रशान्त हुलाक संघका मूल्य-मान्यता तथा सर्वव्यापी सेवा दायित्वको सिद्धान्तअनुसार सेवा सञ्चालनमा विभाग प्रतिबद्ध रहेको उनको भनाइ छ।

उनले आधुनिक, प्रविधिमैत्री, छिटो, भरपर्दो तथा सेवाग्राहीमैत्री स्मार्ट हुलाक सेवामार्फत सरकारी कुरियर सेवा सफल रूपमा कार्यान्वयन गर्न विभाग प्रतिबद्ध रहेको बताएकी छन्।

नेपाल सरकारको सोह्रौँ योजना, नीति तथा कार्यक्रम र बजेटमार्फत अघि सारिएको स्मार्ट हुलाक निर्माणको उद्देश्य प्राप्त गर्न सेवा विविधीकरण, आधुनिकीकरण, डिजिटल रूपान्तरण तथा सेवा प्रवाहमा सुधारलाई अघि बढाउनुपर्नेमा उनले जोड दिएकी छन्।

नेपालमा विक्रम संवत् १९३५ मा नेपाल हुलाक घर स्थापना गरी औपचारिक रूपमा हुलाक सेवा सुरु भएको थियो। नेपालले सन् १९५६ अक्टोबर ११ अर्थात् विक्रम संवत् २०१३ असोज २६ गते विश्व हुलाक संघको सदस्यता प्राप्त गरेको हो।

सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको विश्व हुलाक संघले १५१ वर्ष पूरा गरी १५२औँ वर्षमा प्रवेश गरेको अवसरमा यस वर्ष ‘एक हुलाक सञ्जाल, अनगिन्ती सम्भावना’ भन्ने नाराका साथ विश्व हुलाक दिवस मनाइँदै छ।

महानिर्देशक पंगेनीले विपद्का बेला ज्यान जोखिममा राखेर नागरिकको घरदैलोमा हुलाक वस्तु पुर्‍याउने कर्मचारीप्रति कृतज्ञता व्यक्त गरेकी छन्। उनले नेपाल हुलाकलाई निरन्तर सुझाव, खबरदारी र प्रेरणा प्रदान गर्ने सरोकारवालाप्रति आभार व्यक्त गर्दै सम्पूर्ण हुलाककर्मी, सेवाग्राही तथा शुभचिन्तकलाई शुभकामना दिएकी छन्।

0 Comments