२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

अ अ+ अ-

काठमाडौँ । जापानमा चालु आर्थिक वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा कर्पोरेट टाट पल्टिने घटनाहरू १३ वर्षयताकै उच्च विन्दुमा पुगेका छन् ।

 क्रेडिट अनुसन्धान संस्था ‘टोकियो शोको रिसर्च’ काअनुसार यस अवधिमा कम्तीमा १० मिलियन येन (करिव ६३ हजार अमेरिकी डलर) ऋण भएका ५ हजार ३७३ कम्पनीहरू खारेजीमा परेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले बढी हो । सन् २०१३ को पहिलो छ महिनामा ५ हजार ५०५ कम्पनी टाट पल्टिएयताको यो संख्या सबैभन्दा उच्च हो । तथ्यांकअनुसार, टाट पल्टिएका कम्पनीहरूको कुल दायित्व २३.५ प्रतिशतले बढेर ८५६.१ अर्ब येन पुगेको छ । विगत चार वर्षमा पहिलोपटक यस्तो दायित्वमा वृद्धि देखिएको हो । 

यो संकटको मुख्य मारमा साना व्यवसायहरू परेका छन् । १० जनाभन्दा कम कामदार रहेका साना फर्महरू कुल टाट पल्टिने कम्पनीहरूको ९० प्रतिशत हिस्सा ओगटेका छन् । आर्थिक दबाब बढ्नुमा श्रमिकको अभाव र बढ्दो मूल्यवृद्धि प्रमुख कारण देखिएका छन् । प्रतिवेदनकाअनुसार श्रमिक अभावसँग सम्बन्धित टाट पल्टिने घटनाहरू १७.१ प्रतिशतले बढेर २४० पुगेका छन् भने महँगीका कारण समस्यामा परेका व्यवसायहरू १७.८ प्रतिशतले बढेर ४३६ पुगेका छन् ।

क्षेत्रगत रूपमा हेर्दा, सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ १ हजार ८२८ कम्पनीहरू बन्द भएका छन् । त्यसपछि निर्माण क्षेत्रमा १ हजार ३५ कम्पनीहरू टाट पल्टिएका छन् । 

आगामी दिनका लागि अर्थशास्त्रीहरूले थप जोखिमको संकेत गरेका छन् । बैंक अफ जापानले ब्याजदरमा गरेको वृद्धिका कारण ऋणको लागत बढेको छ । टोकियो शोको रिसर्चले चालू आर्थिक वर्षको दोस्रो ६ महिनामा ब्याजदर वृद्धिको प्रत्यक्ष प्रभाव व्यापारिक टाट पल्टिने संख्यामा देखिने अनुमान गरेको छ । 

0 Comments