२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महाधिवेशन मतगणना: उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी तथा खुला महामन्त्री पदमा प्रदीप पौडेलले उल्लेखनीय अग्रता कायम गरेका छन् । 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी मतगणनामा हालसम्म ३ हजार ४३५ मत गणना हुँदा विभिन्न पदाधिकारी पदहरूमा रोचक प्रतिस्पर्धा देखिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार ३ हजार ४३५ मतपत्र गणना हुँदा खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी १ हजार ६८६ मतका साथ अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ९० मत प्राप्त गरेका छन् भने सुरेन्द्रराज पाण्डे ९५५ र गोविन्द भट्टराई ९४१ मतका साथ प्रतिस्पर्धामा छन् । यसैगरी धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ तथा प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ८९६ मतका साथ अग्रता बनाएका छन् । उनलाई जीवन परियारले ८२९ मत ल्याएर कडा चुनौती दिइरहेका छन् । सोही पदका अन्य उम्मेदवारहरू फरमुल्लाह मन्सुरले ४६९, रञ्जीत कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेकी छन् । खुला महामन्त्री पदमा भने प्रदीप पौडेलले २ हजार ५५ मत बटुल्दै आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् । दोस्रो स्थानमा रहेका उदयशमशेर राणाले १ हजार १५९ मत प्राप्त गरेका छन् ।

डा. सुनिलकुमार शर्मा ९३४ र अमरसिंह पुन मगर ८१९ मतमा सीमित छन् । यसैगरी गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन् । यसैगरी महिला महामन्त्री पदमा डा. डिला सङ्ग्रौला (पन्त) ले १ हजार ५१७ मत ल्याएर अग्रता कायम गरेकी छन् । महालक्ष्मी उपाध्याय ‘डिना’ १ हजार ३९८ मतका साथ उनलाई पछ्याइरहेकी छन् भने रीता खनालले ३६५ मत प्राप्त गरेकी छन् । निर्वाचन समितिले बाँकी मतहरूको गणना सानेपास्थित केन्द्रिय कार्यालयमा निरन्तर जारी रहेको जनाएको छ ।  

0 Comments