२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

अ अ+ अ-

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ । 

गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको प्रयोग थालेको हो । पछिल्लो समय कृषि क्षेत्रमा लागत बढ्दै गएकाले त्यसलाई कम गर्न आधुनिक प्रविधि भित्र्याउनुपरेको कार्यालय प्रमुख सुदीप रेग्मीले बताए। 

“हामीले उत्पादन गर्ने कृषि उपजको लागत मूल्य ह्वात्तै बढेर गएको छ ” उनले भने, “लागत मूल्य कम गराउन सकेको खण्डमा कृषक तथा उपभोक्तालाई प्रत्यक्षरुपमा लाभ पुग्छ ।”

कार्यालयले उन्नत जातका धान, गहुँ, कोदो लगायतका तरकारीजन्य बालीका बीउ उत्पादन गर्दै आएको छ । बीउ उत्पादनका लागि खेतबारीमा काम गर्ने कामदार पाउन कठिन हुने गरेको उनले बताए।

“कामदार लगाएर उत्पादन गर्दा लागत धेरै बढ्ने भएकाले पनि आधुनिक यन्त्र उपकरणको प्रयोगतर्फ जोड दिएका छौँ” उनले भने, “पछिल्लो समय धान काट्ने रीपर मेसिन ल्याएर प्रयोग गरेका छौँ, यसले छोटो समयमै धेरै क्षेत्रफलमा धान काट्छ ।”

कूल १० देखि १५ मिनेटमा तीन रोपनी धान काट्न सक्ने भएकाले पनि यो सस्तो, छिटोछरितो भएको उनी बताउछन्। रीपरको प्रयोगले दिनभरि धान काट्न लाग्ने समयलाई घटाएर एकाध घण्टामा सीमित गरिदिने भएकाले समयको बचत हुने देखिन्छ । 

धान काट्न कालागि ज्यालामा श्रमिक नपाइने समस्या हटेर जानुकासाथै झण्डै ५० प्रतिशतसम्म लागत घट्ने उनी बताउछन् ।

धान काट्ने मेसिनको प्रयोगले काटेको धानलाई एकैनासले पाँजा बनाउने र जमिनदेखि एउटै सतहमा सफा तरिकाले काट्ने भएकाले पनि पराल उठाउन र बाँध्न सजिलो हुने गरेको छ ।

सायिकरुपमा कृषि व्यवसाय गर्दै आएका समूह, सहकारी वा फर्मले धान काट्ने मेसिनको प्रयोग गर्दा उत्पादन लागत घट्ने भएकाले यसको प्रयोग अझ उपयोगी हुने उनले बताए ।

कार्यालय परिसरमा २२ रोपनी र वालिङ १ बगुवामा ८३ रोपनी क्षेत्रफलमा व्यावसायिकरुपमा धानको बीउ उत्पादन गर्दै आएको छ । कार्यालयले रामधान, हर्दिनाथलगायतका उन्नत धानका बीउ उत्पादन गर्दै आएको छ । उत्पादित बीउको सम्पूर्ण प्रक्रिया पूरा गरी बिक्री वितरण हुने गरेको छ ।

0 Comments