२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटालीमा महँगीविरुद्धको आन्दोलन चर्कियो: प्रहरी र प्रदर्शनकारीबीचको झडपमा दर्जनौँ घाइते, ६० भन्दा बढी पक्राउ

अ अ+ अ-

काठमाडौँ । बढ्दो महँगी र जीवनयापन खर्च वृद्धिको विरोधमा उत्तरी इटालीका प्रमुख शहरहरूमा शनिवार आयोजित प्रदर्शन हिंसात्मक झडपमा परिणत भएको छ । मिलान, बोलोन्या तथा टुरिन लगायतका सहरहरूमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच भएको दोहोरो झडपका क्रममा दर्जनौँ सुरक्षाकर्मीसहित कैयौँ प्रदर्शनकारी घाइते भएका छन् भने ६० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

इटालीको वित्तीय केन्द्र मानिने मिलानको ऐतिहासिक पियाज्जा डेल डुओमो क्षेत्रमा सयौँको सङ्ख्यामा भेला भएका कालो पहिरनधारी युवाहरूले प्रहरी लक्षित गर्दै पटका र बोतल प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा कम्तीमा चार जना प्रहरी अधिकारी र २० जना प्रदर्शनकारी घाइते भएको स्थानीय समाचार संस्था आन्साले जनाएको छ । 

मिलान प्रहरीले घटनामा संलग्न रहेको आरोपमा करिव ५० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । त्यस्तै, बोलोन्या सहरमा अनियन्त्रित भीडलाई तितरबितर पार्न सुरक्षाकर्मीले पानीका फोहरा र अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । त्यहाँ भएका झडपहरूमा ३६ जना सुरक्षाकर्मी घाइते वा चोटपटक लाग्न पुगेको प्रहरी तथ्याङ्क उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । बोलोन्यामा तोडफोड तथा हिंसामा संलग्न रहेको अभियोगमा चार जना नाबालिगलाई पक्राउ गरिएको छ । यता टुरिन सहरमा पनि आन्दोलनकारी र प्रहरीबीच तनाव उत्पन्न भएपछि १० जना नाबालिगसहित १२ जनालाई हिरासतमा लिइएको छ । 

आन्दोलनकारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, ऊर्जा संकट र जीवनयापन लागत अकासिँदै गएको भन्दै सरकारी नीतिको कडा आलोचना गरेका छन् । प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि र हिंसा भड्किएपछि इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।

 शनिवार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री मेलोनीले भने,‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिकको अधिकार हो, तर हाम्रा सहरहरूलाई आगोको ज्वालामा झोस्ने छुट कसैलाई छैन ।’ सरकारले हिंसात्मक गतिविधिमा संलग्न जोकोहीमाथि कडा कानुनी कारबाही गरिने जनाएको छ ।

0 Comments