९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज शुरु

अ अ+ अ-

काठमाडौँ । दशैँको लामो सार्वजनिक बिदा सकिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन बिस्तारै पुरानै लयमा फर्किएको छ । 

प्रशासनिक केन्द्र सिंहदरबारलगायत सरकारी कार्यालयहरू आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । दशैँका अवसरमा सरकारले दिएको लामो बिदापछि आज पहिलो दिन कार्यालय खुले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन ।

 बिहान नौ बजेदेखि नै सरकारी कार्यालय खुल्ने नियम भएपनि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र विभागहरूमा कर्मचारीको उपस्थिति पातलो देखिएको छ । राजधानीका मुख्य सडकहरूमा सवारी साधनको चाप बिस्तारै बढ्न थालेको छ भने उपत्यका बाहिर गएका सर्वसाधारणको फिर्ती यात्रा जारी छ । कार्यालय खुलेको पहिलो दिन भएकाले कर्मचारीहरू अझै दशैँको थकान र पारिवारिक जमघटबाट पूर्ण रूपमा कार्यक्षेत्रमा फर्किने क्रममा रहेका छन् । जसका कारण कार्यालयहरूमा कामको गति सुरुवाती दिनमा सुस्त देखिएको छ । 

यद्यपि, केही दिनभित्रै कर्मचारीहरूको पूर्ण उपस्थिति हुने र प्रशासनिक कामकारबाहीले नियमित गति लिने सरकारी अधिकारीहरूले जनाएका छन् । लामो बिदाका कारण रोकिएका महत्त्वपूर्ण प्रशासनिक कामहरू अबको केही दिनमा तिब्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । अहिले कार्यालयहरूमा कर्मचारीको संख्या कम देखिए पनि सेवाग्राहीहरूको उपस्थिति भने फाटफुट मात्रै रहेको छ ।

0 Comments