९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

अ अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई आत्मनिर्भर र नाफामूलक संस्था बनाउने योजनासहित पाँचवर्षे रणनीतिक योजना अघि बढाएको बताएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयमा आज नियुक्ति पत्र बुझेपछि मन्तव्य व्यक्त गर्दै उनले बोर्डमा प्रशासनिक सुधार, कार्यवातावरण निर्माण र संस्थाको आर्थिक दिगोपनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफूसँग चलचित्र सम्बन्धित क्षेत्रमा १५ वर्षको अनुभव रहेको उल्लेख गर्दै उनले बोर्डमा धेरै चुनौती रहेकाले प्रशासनिक क्षेत्रमा व्यापक परिवर्तनको आवश्यक औँल्याए ।

“कुनै पनि संस्थाको आत्मनिर्भरता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसैले चलचित्र विकास बोर्डलाई कसरी नाफामूलक र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सकिन्छ भन्नेमा मेरो ध्यान केन्द्रित छ”, उनले भने ।

अध्यक्ष पण्डितले आफूले छनोटका क्रममा मन्त्रालयमा पाँचवर्षे रणनीतिक योजना पेस गरिसकेको जानकारी दिँदै बोर्डको आम्दानी बढाउने र सरकारी लक्ष्य अनुरूप परिणाम दिने गरी विभिन्न रणनीतिमा काम गर्ने बताए ।

चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई समेटेर सरकारसँग समन्वय गरी योजनाअनुसार काम गर्ने विश्वास दिलाए । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनलाई गत असोज ३० गतेको निर्णयबाट अध्यक्षमा मनोनयन गरेको हो ।  

0 Comments