१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राज्य सञ्चालनलाई बालबालिकाको भाँडाकुटी खेलजस्तो बनाइयो’ : शंकर पोखरेल

अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारको कार्यशैली र कार्यकारी जिम्मेवारीमा रहेका व्यक्तिहरूको सार्वजनिक व्यवहारप्रति तीव्र असन्तुष्टि जनाउँदै राज्य सञ्चालनलाई बालबालिकाको भाँडाकुटी खेलजस्तो बनाइएको टिप्पणी गरेका छन् ।

सोमबार रुपन्देहीमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले जिम्मेवार पदमा रहेका व्यक्तिहरूबाट अपेक्षित संयम र उत्तरदायित्व नदेखिएको आरोप लगाए । सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक संस्थाहरूको प्रभावकारितामै प्रश्न उठाएको उनको भनाइ छ ।

‘जति जिम्मेवार ओहदामा भयो, त्यति ज्यादा संयमित र जिम्मेवार हुनुपर्दछ,’ उनले भने, ‘तर आज मुलुकको कार्यकारी भूमिकामा रहेका मान्छेहरूका सामाजिक सञ्जालका गतिविधि हेर्ने हो भने राज्य बालबालिकाले खेल्ने भाँडाकुटीजस्तो विषय बनाइएको छ । राज्य राज्यजस्तो छैन, सरकार सरकारजस्तो छैन ।’

पोखरेलले नागरिकको संगठित हुने अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी नियन्त्रण बढ्दै गएको दाबीसमेत गरे । लोकतन्त्रको आधारभूत मान्यताका रूपमा रहेका यी अधिकारलाई सीमित गर्ने प्रयासले लोकतान्त्रिक प्रणाली कमजोर बनाउने उनको तर्क थियो ।

उनले विद्यार्थी संगठनका गतिविधिमा प्रतिबन्ध लगाउने, विश्वविद्यालय तथा क्याम्पसमा ट्रेड युनियन अधिकार नियन्त्रण गर्ने र व्यावसायिक संगठनका गतिविधिमा रोक लगाउने प्रयास भइरहेको आरोप लगाए ।

व्यावसायिक संगठनहरूलाई गतिविधि नगर्न निर्देशन दिइएको भन्दै उनले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)लाई समेत त्यस्तो पत्राचार भएको समाचार आफूले पढेको उल्लेख गरे ।

सञ्चार क्षेत्रप्रति सरकारको व्यवहारमाथि पनि पोखरेलले प्रश्न उठाए । सञ्चारगृहमै कार्यरत अवस्थामा पत्रकारलाई पक्राउ गरिएको प्रसंग उल्लेख गर्दै उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारबाट पत्रकारप्रति सामाजिक सञ्जालमा व्यक्त टिप्पणीको आलोचना गरे ।

0 Comments