३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न माग

अ अ+ अ-

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन)सहित चार जनालाई पदबाट हटाएर पक्राउ गरी अनुसन्धान गर्न माग गरेको छ ।

समूहका प्रवक्ता विजय शाहले ३० कात्तिकमा जारी गरेको विज्ञप्तिमा ब्यञ्जनकारसहित प्रधानमन्त्री कार्यालयका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारी, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र आफूलाई प्रधानमन्त्रीको सूचना प्रविधि परामर्शदाता बताउने चिराग श्रेष्ठमाथि अनुसन्धान गर्न माग गरिएको छ ।

सापकोटा पक्राउ परेपछि उनको मोबाइल ब्यञ्जनकारको निजी निवासमा दुई दिनसम्म राखिएको समूहको दाबी छ । विज्ञप्तिमा अधिकारीले प्रहरी परिसरमै पुगेर अनुसन्धानबारे सोधखोज गरेको तथा कार्की र श्रेष्ठ अनुसन्धान शाखा र हिरासत कक्षसम्म पुगेको दाबी पनि गरिएको छ ।

समूहले सापकोटाको मोबाइल कसको निर्देशनमा ब्यञ्जनकारको निवासमा पुर्‍याइएको र त्यसमा कसले पहुँच पाएको थियो भन्ने खुलाउन प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गरेको छ । मोबाइलमा रहेका डिजिटल प्रमाण मेटाइएको, थपिएको वा परिवर्तन गरिएको छ कि छैन भन्ने यकिन गर्न स्वतन्त्र फरेन्सिक परीक्षण गर्नुपर्ने उसको माग छ ।

प्रमाण नष्ट गरेको, झुटा प्रमाण सिर्जना गरेको वा अनुसन्धान प्रभावित पारेको पुष्टि भए सम्बन्धित व्यक्तिविरुद्ध कानुनी कारबाही अघि बढाउन समूहले माग गरेको छ । निष्पक्ष छानबिन अघि नबढे नागरिक प्रतिवादमा उत्रिने पनि समूहले जनाएको छ ।

0 Comments