४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छ’ : मन्त्री साह

अ अ+ अ-

काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले नेपालको समृद्धि आयात बढाएर नभई स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गरेर मात्र सम्भव हुने बताएका छन् ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघले राजधानीमा आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको कृषि यान्त्रीकरण प्रदर्शनीलाई सम्बोधन गर्दै मन्त्री साहले आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषि समूहका वस्तुको आयात करिव ४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकतालाई थप स्पष्ट पारेको बताए । 

उनले उक्त आयातमा खाद्य वस्तुका अतिरिक्त कच्चा खाद्य तेल, पशुआहार तथा पशुधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने भएकाले यसलाई खाद्यान्नको आयात मात्रै भन्न नमिल्ने स्पष्ट पारे । तथापि, धान, चामल, तरकारी, फलफूललगायत कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्ने ठूलो सम्भावना नेपालसँग रहेको उनको भनाइ छ ।

मन्त्री साहले किसानलाई भाषण र आश्वासनभन्दा उत्पादन वृद्धि गर्ने प्रविधि, आधुनिक उपकरण र आवश्यक साधन उपलब्ध गराउनुपर्ने बताए ।  परम्परागत खेती प्रणालीलाई आधुनिक, व्यावसायिक तथा प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले कृषि यान्त्रीकरणलाई यसको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरे । 

मन्त्री साहले भने,‘ नेपालको समृद्धि आयात बढाएर होइन, स्वदेशी उत्पादन बढाएर सम्भव छ । भन्सार विभागको उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषि समूहका वस्तुको आयात करिव ४ खर्ब ४१ अर्ब पुगेको छ । यसमा खाद्य वस्तुको अतिरिक्त कच्चा खाद्य तेल, पशुआहार तथा पशुधनका लागि आयात गरेको सामग्री समेत समावेश हुन सक्छन् । त्यसैले यसलाई खाद्यान्नको आयात मात्रै भन्न मिल्दैन, तर धान, चामल, तरकारी, फलफूललगायत कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्ने ठुलो सम्भावना हामीसँग चाहिँ छ । यसका लागि किसानलाई भाषण होइन, प्रविधि चाहिएको छ । आश्वासन होइन, उत्पादन बढाउने साधन चाहिएको छ । परम्परागत खेती प्रणालीबाट आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा रूपान्तरण गर्नुपर्छ । त्यसको महत्त्वपूर्ण आधार कृषि यान्त्रीकरण हो । म यहाँ एउटा कुरा विशेष रूपमा भन्न चाहन्छु, नेपाल कृषि मेसिनरी व्यवसायी संघका साथीहरूले केवल मेसिनरीका व्यापारी होइन, उहाँहरू नेपालको कृषि रूपान्तरणका अभियन्ता पनि हुनुहुन्छ ।’

उनले नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरू केवल कृषि मेसिनरीका व्यापारी मात्र नभई नेपालको कृषि रूपान्तरणका अभियन्तासमेत भएको बताए। उनले संघका सदस्यहरूले कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणमा योगदान दिएको समेत बताए ।

स्वदेशी कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र कृषिलाई उत्पादनमुखी तथा प्रतिस्पर्धी बनाउने अभियानमा सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाई छ । 

0 Comments