७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खटाएको ठाउँमा जान नमान्ने कर्मचारीप्रति मन्त्री रावलको असन्तुष्टि, सेवा प्रवाह र विकास निर्माण प्रभावित

सरकारले तोकेको कार्यस्थलमा जान आनाकानी गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले कर्मचारी प्रशासनमा सुधार र कानुनसम्मत कार्यसम्पादन आवश्यक रहेको बताइन्।

अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले खटाएको कार्यस्थलमा जान नमान्ने कर्मचारीको प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। 

कर्मचारीहरू तोकिएको स्थानमा जान आनाकानी गर्दा विशेष गरी दुर्गम क्षेत्र र स्थानीय तहमा सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित भइरहेको उनको भनाइ छ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावलले राज्यले आवश्यकता र जिम्मेवारीअनुसार खटाएको स्थानमा पुगेर काम गर्नु कर्मचारीको दायित्व भएकोमा जोड दिइन्।

उनले कर्मचारी प्रशासनमा देखिएका भनसुन, चलखेल र ढिलासुस्तीजस्ता प्रवृत्ति अन्त्य नगरेसम्म निजामती सेवाप्रति नागरिकको विश्वास पुन:स्थापित गर्न कठिन हुने बताइन्।

मन्त्री रावलले निजामती सेवा ऐन निर्माणमा भइरहेको ढिलाइका लागि कर्मचारीतन्त्रभित्रकै कतिपय प्रवृत्ति र प्रक्रियागत कमजोरीसमेत जिम्मेवार रहेको उल्लेख गरिन्। प्रशासनभित्रका गलत अभ्यास सुधार गर्ने काम उच्च तहका कर्मचारीबाटै सुरु हुनुपर्ने उनको भनाइ थियो।

‘राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ, त्यो विकृति हटाउने गरी संसद्मा विधेयक दर्ता गरिएको छ, संसद् सुरु हुने बित्तिकै छलफलमा आउँछ, निजामती सेवाका नवप्रवेशीले यस सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी पूरा गर्नुपर्छ ।’

सरकारले प्रशासनिक सुधार, पारदर्शिता र जबाफदेहितालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सेवामा प्रवेश गर्ने नयाँ कर्मचारीले परम्परागत गलत अभ्यासलाई निरन्तरता दिन नहुने बताइन्।

राजनीतिक नेतृत्व परिवर्तन भइरहे पनि राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रमा रहने भएकाले कर्मचारीले कानुनसम्मत निर्णय र कार्यसम्पादनमा अडिग रहनुपर्ने उनको धारणा थियो।

‘राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ । त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुन विपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ ।’

मन्त्री रावलले सार्वजनिक कार्यालयबाट सामान्य सेवा प्राप्त गर्नसमेत नागरिकले लामो समय कुर्नुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरिन्। सेवाग्राही बिचौलियाको सहारा लिन र अतिरिक्त रकम खर्च गर्न बाध्य हुने अवस्थाले सार्वजनिक प्रशासनप्रति निराशा बढाएको उनको भनाइ थियो।

नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनु कर्मचारीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै उनले सार्वजनिक प्रशासनलाई निष्पक्ष, जनउत्तरदायी र परिणाममुखी बनाउन सरकार तथा कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताइन्।

सोमबारदेखि सुरु भएको छमहिने आधारभूत प्रशासन प्रशिक्षणमा विभिन्न सेवा र समूहका १८९ अधिकृत सहभागी छन्।

प्रशिक्षणमा सामान्य प्रशासनतर्फ १२८, राजस्व समूहका ३७, लेखापरीक्षण समूहका ११, परराष्ट्र सेवाका नौ र संघीय संसद् सेवाका चार अधिकृत सहभागी रहेका छन्।

0 Comments