१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठुलो हो, सिसडोलबाट दैनिक ३ हजार किलो फोहोर हटाउँदै छौँ’ : मन्त्री श्रेष्ठ

अ अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठुलो रहेको बताएका छन् ।

बिहीबार टेकुस्थित बायो-मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले फोहोरको मुद्दा समयमै व्यवस्थापन गरी नेपाललाई सफा बनाउने अभियानमा सबै लाग्नुपर्ने बताए ।

महानगरपालिकाले अघि सारेको तीन कार्यक्रममध्ये काठमाडौँलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास निकाल्ने काम पूरा भएको बताए । काठमाडौँको फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन हुने अनुमान गरिएको भए पनि अहिले उपकरण बिग्रिएकाले केही समय सम्भव नरहेको बताए । तर विद्युत उत्पादनका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रलाई उपकरण बनाउने काममा लाग्न निर्देशन दिइसकेको जानकारी दिए । मन्त्री श्रेष्ठले फोहोरबाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने नजिर काठमाडौँमा महानगरले देखाएपछि अन्य पालिकाहरूलाई पनि उत्पादन गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।

उनले भने,‘फोहोरको मुद्दा अन्तरपुस्तालाई काठमाडौँलाई नेपाललाई एउटा जस्टिस गर्ने मुद्दा हो । यो सबैको साझा मुद्दा हो । यो राजनीतिक भन्दा पनि ठुलो मुद्दा हो । काठमाडौँलाई रिचार्ज गर्ने भन्ने एउटा मुद्दा हो । त्यो काठमाडौँ क्लाइमेट विकबाट सफलतातिर हामी गएका छौँ । सुरु भएको छ, सिँचाइ विभागलाई काठमाडौँ रिचार्जमा हामीले पनि हातेमालो गरेर जानुपर्छ । त्यसको प्रक्रिया पनि अघि बढिसकेको छ । बायोग्यासको कुरा थियो, दुई नम्बरमा । यसबाट १४ किलोवाट बत्ती निस्किन्छ भन्ने हामीले अनुमान गरेका थियौँ । बाढीले गर्दा त्यो उपकरण बिग्रिएको कारणले अहिले उत्पादन गर्न नसकिने भन्दा चसक्क भएको छ । एउटा नजिरको लागि भए पनि उत्पादन हुन्छ है भनेर देखाउन सकियो भने काठमाडौँ महानगरपालिका नेतृत्वदायी भएर अरूलाई पनि उक्त बाटोमा लैजान्छ भन्ने आशा थियो । यसबाट १४ किलोवाट बत्ती निस्कियो भने १२ नम्बर वडाको लागि आयश्रोत हुन्छ ।’

मन्त्री श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम सुरु गर्ने योजना बनाएको जानकारी दिए । महानगरले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने गरी काम गर्नुपर्ने बताए । उनले एलपिजी मुक्त स्थानीय सरकार भन्ने सरकारको उद्देश्यलाई यो कामले पूरा गर्ने बताए । यसका लागि नीतिगत अस्पष्टता रहेको भए पनि आवश्यक छलफल र समन्वय गरेर अघि बढ्ने जानकारी दिए ।

उनले भने, ‘बञ्चरे डाँडामा फोहोरलाई यो पटक हामी तीन हजार किलो हटाउँदै छौँ दैनिक । बिस्तारै यसलाई स्केलअप गरेर एक दिन एउटा सपना हामी पनि के देखौँ भन्दा काठमाडौँ महानगरले आफ्नो एक किलो फोहोर पनि कतै पनि ल्याण्डफिल्ड साइटमा लगेर प्रदूषित गर्दैन भन्ने एउटा सपना हामी पनि देख्न सक्छौँ । यो कार्यक्रमले नेपाल सरकारले लिएको अर्को एउटा महत्वपूर्ण अभियानलाई पनि सहयोग गरेको के अनुभव भएको छ भने एलपिजी मुक्त स्थानीय सरकार भन्ने जुन हामीले घोषणा गरेका छौँ, यसबाट उत्पादन हुने ग्यासलाई नीतिगत अस्पष्टतामा सहकार्य गरौँ । नवीकरणीय उर्जा तथा उर्जा दक्षता विधेयक संसदमा दर्ता भइसकेको छ । त्यसमा काम गरेर यसको पाइपलाइनका कुराहरू त्यो ग्यासहरू कसरी वितरण गर्ने भन्नेमा छलफल गरेर अघि बढौँ । एलपिजी मुक्त स्थानीय तह घोषणा गर्दा एके पटक त हुँदैन तर सुरुवात कहीँबाट भयो भने यो कार्यक्रमले सम्बोधन गर्नेछ । यसमा आम नागरिकमा जनचेतना अभिवृद्धि र सक्रियता आवश्यक छ । घरबाटै फोहोर वर्गीकरणका लागि काठमाडौँ महानगरपालिकाले केही कार्यक्रम ल्याउनैपर्छ ।’

मन्त्री श्रेष्ठले अन्तर स्थानीय सरकारसँग पनि समन्वय गरेर अघि बढ्न काठमाडौँ महानगरपालिकालाई आग्रह गरे । उनले सरकार महानगरको यो कदमलाई सहयोग गर्न सधैँ तयार रहेको बताए ।

0 Comments