११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका घाइते र शहीद परिवारको एकीकृत राहत प्याकेज कार्यान्वयनमा तीव्रता 

अ अ+ अ-

काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका शहीद परिवार तथा घाइतेको पुन:स्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेज कार्यान्वयनलाई तीव्रता दिइएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार एकीकृत प्याकेज कार्यान्वयनका लागि गठित समन्वय समितिको बैठकले कार्यान्वयनमा गएका कार्यक्रमलाई निरन्तरता दिने र बाँकी कार्यक्रम सबै मन्त्रालयको समन्वयमा अघि बढाउने निर्णय गरेको समेत गरेको छ । 

उनले जेन जेड शहीद परिवार र घाइतेका मागहरू सम्बोधन गर्न सरकारले नेपाल जेन जेड परिषद् गठन तथा सञ्चालन आदेश, २०८३ को मस्यौदामाथि गृहकार्य गरिरहेको बताए । उक्त मस्यौदा परामर्शका लागि अर्थ, गृह र कानून मन्त्रालयमा पठाइएकोमा अर्थ र कानून मन्त्रालयबाट राय प्राप्त भइसकेको उल्लेख गर्दै उनले गृह मन्त्रालयको राय प्राप्त भएपछि आवश्यक परिमार्जन गरी पुनः कानून मन्त्रालयमा पठाइने बताए । प्रवक्ता अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको व्यवस्थापन परीक्षण सुरु गरिएको समेत जानकारी दिए । व्यवस्थापन परीक्षणमार्फत सरकारी निकायबाट सम्पादन हुने काम कानून अनुसार भए/नभएको मूल्यांकनको कार्य भइरहेको छ ।

उनले भने, ‘गत वर्ष नेपाल सरकार र जेन जेड अधिकार आन्दोलनकर्मीहरूसँग भएको सम्झौता तथा जेन जेड आन्दोलनका शहीद परिवार र घाइतेहरूको पुन:स्थापना र जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी सरकारले स्वीकृत गरेको एकीकृत प्याकेजलाई कार्यान्वयन गर्ने सन्दर्भमा समन्वय समिति गठन गरिएको थियो । उक्त समितिको पछिल्लो बैठक ८ मंसिरमा सम्पन्न भएको छ । जेन जेड आन्दोलनसम्बन्धी एकीकृत प्याकेजलाई कार्यान्वयन गर्ने विषयमा उक्त विषयमा छलफल भएको छ । कार्यान्वयनमा गएका विषयलाई निरन्तरता दिने र कार्यान्वयन हुन बाँकी रहेका कुराहरूलाई आगामी दिनमा सबै मन्त्रालयको समन्वयमा कार्यान्वयन गर्ने निर्णय भएको छ । अहिले नेपाल जेन जेड परिषद् गठन तथा सञ्चालन आदेश, २०८३ को मस्यौदा तयार भएर परामर्शको लागि अर्थ, गृह र कानून मन्त्रालयमा पठाएका थियौँ । अर्थ र कानून मन्त्रालयबाट हामीले राय प्राप्त गरिसकेका छौँ । गृह मन्त्रालयबाट समेत राय आइसकेपछि थप परिमार्जनसहित रायका लागि कानून मन्त्रालयमा पठाउँछौँ ।’

उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रवार बिहानसम्म १८ अर्ब ६२ करोड ८ लाख ११ हजार ७ सय ४२ रुपैयाँ जम्मा भएको समेत जानकारी गराए ।

0 Comments