काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकका समस्या समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने बताएकी छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ र २ का मुसहर बस्तीमै पुगेर स्थानीय नागरिकसँग अन्तरक्रिया गर्दै मन्त्री रावलले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
अन्तरक्रियाका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या तथा गुनासा सुन्नुका साथै समाधानका लागि भइरहेका पहल र आगामी कार्ययोजनाबारे जानकारी गराएकी थिइन् ।
उनले भूमिहीन नागरिकका समस्या शीघ्र सम्बोधन गर्ने गरी जग्गाधनी प्रमाणपुर्जा वितरणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।








