११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्यालयको कार्यप्रगति : कर्मचारीको आचारसंहिता अनुगमनदेखि नीतिगत तथा सार्वजनिक खरिद सुधारसम्म

भारतको राजकीय भ्रमण, जेन जेड आन्दोलनका प्रभावितको पुनर्स्थापना, तीनै तहका सरकारका योजनामा दोहोरोपना हटाउने पहल, सार्वजनिक खरिद सुधार तथा लगानी सहजीकरणलगायतका विषयलाई प्रधानमन्त्री कार्यालयले प्रमुख कार्यसम्पादनमा समेटेको छ ।

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार र छठपछिको अवधिमा प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायबाट भएका प्रमुख कार्यसम्पादनको विवरण सार्वजनिक गरेको छ ।

कार्यप्रगति विवरणमा कूटनीतिक सम्बन्ध, नीतिगत तथा प्रशासनिक सुधार, सार्वजनिक खरिद व्यवस्थापन, विपद् व्यवस्थापन, सूचना प्रविधि, लगानी प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित काम समेटिएका छन् ।

प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा नेपाल र भारतबीच उच्चस्तरीय भेटवार्तासहित द्विपक्षीय सहकार्यका महत्त्वपूर्ण विषयमा छलफल भएको कार्यालयले जनाएको छ ।

जेन जेड आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि अघि सारिएको एकीकृत प्याकेजको कार्यान्वयन अवस्था समीक्षा गरिएको छ । बाँकी काम शीघ्र टुङ्ग्याउन सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ भने नेपाल जेन जेड परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ । उक्त रकममध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको कार्यालयले जनाएको छ ।

नीतिगत तथा प्रशासनिक सुधार
संघ, प्रदेश र स्थानीय तहका वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत समन्वय कायम गर्न र कार्यक्रमको दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षका विवरणको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ ।

सरकारी निकायले सञ्चालन गर्दै आएका सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता बढाउन तथा तीनै तहका सरकारबाट सञ्चालित कार्यक्रममा दोहोरोपना हटाउन अध्ययन गरी सुझाव दिने कार्यदल गठन गरिएको छ ।

सार्वजनिक निकायमा कर्मचारीले आचारसंहिता पालना गरे–नगरेको, सेवा प्रवाहको अवस्था र सेवाग्राहीको सन्तुष्टिबारे अनुगमन गर्न विभिन्न जिल्लामा टोली परिचालन गरिएको छ । सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

लामो समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशको गेटपास प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ ।

सार्वजनिक खरिद तथा अनुगमन
नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई-जीपी) सञ्चालनमा ल्याइएको छ । उक्त प्रणालीमा कात्तिक महिनामा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन् ।

सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा व्यवस्थित गर्न ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी जारी गरिएको छ ।

खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्ने गरी परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ । निर्माण तथा परामर्श सेवा खरिदका विषयमा २३ सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्शसमेत उपलब्ध गराइएको छ ।

सार्वजनिक निकायको प्राविधिक परीक्षण प्रतिवेदनमा उल्लेख भएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ ।

सूचना प्रविधि तथा लगानी सहजीकरण
राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामा सम्बन्धित विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट प्राप्त सुझाव समेटेर परिमार्जन गर्ने प्रक्रिया अघि बढाइएको छ ।

नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउने उद्देश्यले विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति उपलब्ध गराउने विशेष लगानी सहजीकरण नीतिको तयारी अघि बढेको छ ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले राष्ट्रिय संवेदनशील सूचना पूर्वाधार पहिचान तथा संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा विभिन्न नियामक तथा सुरक्षा निकायका प्रतिनिधिबीच साइबर सुरक्षाका विषयमा छलफल भएको छ ।

जलविद्युत् आयोजना तथा सरकारी सम्पत्ति व्यवस्थापन
सन् २०१९ को लगानी सम्मेलनमा प्रस्तुत गरिएको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बीओओटी) ढाँचामा अघि बढाउन विकासकर्ता छनोट गरिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गरेको उक्त आयोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण तथा व्यावसायिक उपयोगको सम्भावना पहिल्याउन धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रमा अनुगमन गरिएको छ ।

0 Comments