१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धानका गोप्य सामग्री सार्वजनिक भएको विषयमा प्रहरीद्वारा छुट्टै अनुसन्धान

अनुसन्धान प्रभावित हुने गरी अपुष्ट सूचना सार्वजनिक नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र आम नागरिकलाई प्रहरीको आग्रह ।

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले अनुसन्धानका क्रममा रहेका घटनासँग सम्बन्धित गोप्य तथा संवेदनशील सूचना र सामग्री अनधिकृत रूपमा सार्वजनिक भएको विषयमा छुट्टै गोप्य अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले विज्ञप्ति जारी गर्दै विभिन्न घटनाको अनुसन्धान प्रक्रियाबारे सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका दाबी र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिसरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार कानुनबमोजिम संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणलाई आधार बनाएर अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा निर्धारित कानुनी विधि र प्रक्रिया अवलम्बन गरिएको परिसरले स्पष्ट पारेको छ ।

अनुसन्धान टुंगामा नपुग्दै अपुष्ट, भ्रामक तथा तथ्यहीन विवरण सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुनुका साथै घटनाबारे भ्रम उत्पन्न हुने र व्यक्तिको गोपनीयता तथा कानुनी अधिकारमा असर पुग्न सक्ने प्रहरीले जनाएको छ ।

परिसरले अनुसन्धानसँग सम्बन्धित सूचना तथा प्रमाणबारे कुनै जिज्ञासा वा चासो भए आधिकारिक निकायबाट उपलब्ध विवरणलाई मात्र आधार बनाउन आग्रह गरेको छ । अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्नसमेत सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

नेपाल प्रहरीले तथ्य र प्रमाणमा आधारित निष्पक्ष, पारदर्शी एवं कानुनसम्मत अनुसन्धानप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

0 Comments