काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज थलीस्थित फ्लावर फार्मको स्थलगत अवलोकन गरेकी छन् ।
अवलोकनका क्रममा मन्त्री चौधरीले गुलाबसहित विभिन्न प्रजातिका फूलको उत्पादन, पुष्पखेतीको विद्यमान अवस्था तथा यस क्षेत्रको व्यावसायिक सम्भावनाबारे जानकारी लिएकी हुन् ।
अवलोकन भ्रमणमा करिष्मा कठरिया पनि सहभागी थिइन् ।







