२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको गल्तीले खिमलाल अलपत्र, राष्ट्रियसभामा घट्यो एमाले 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गल्तीले एमाले नेता खिमलाल भट्टराई ‘अलपत्र’ परेका छन् । भट्टराई ओलीको निर्देशनमा राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर अन्तिम समयमा प्रतिनिधि सभा सदस्य पदमा रुपन्देही ५ बाट उम्मेदवार बनेका थिए । तर, भट्टराईभन्दा अघि सोही क्षेत्रबाट वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गरेका थिए ।

एउटै क्षेत्रमा एकै पार्टीबाट दोहोरो उम्मेदवारी परेपछि निर्वाचन आयोगले सोमबार गरेको छानबिनका क्रममा घिमिरेको उम्मेदवारी कायम गर्दै भट्टराईको रद्ध गरेपछि भट्टराईले राष्ट्रियसभा सदस्य पद गुमाउनुका साथै प्रतिनिधिसभाको उम्मेदवार बन्नबाट समेत वञ्चित भएका हुन् । 

निर्वाचन अधिकृत चिन्तामणि शर्माकाअनुसार एउटै पार्टीबाट दुईको उम्मेदवारी पर्दा जसले पहिला दर्ता गराउँछ उसैलाई आधिकारिकता दिने निर्वाचन निर्देशिकाको व्यवस्था अनुसार घिमिरे आधिकारिक उम्मेदवार बनेका हुन् ।

यो निर्वाचन क्षेत्रमा पहिलादेखि नै भट्टराई र घिमिरे कसलाई उम्मेदवार बनाउने भन्ने एमालेमा विवाद थियो । घिमिरे आधिकारिक उम्मेदवार बनेसँगै एमालेको राष्ट्रियसभा सदस्य समेत घट्न पुगेको छ । राष्ट्रिय सभामा एमालेका १६ सांसद रहेकोमा भट्टराईले राजीनामा दिएपछि १५ जनामा सीमित भएका छन् ।  

घिमिरेको उम्मेदवार सदर भएसँगै नेता भट्टराईले भने, ‘आयोगको निर्णय मैले आधिकारिक रूपमा पाइसकेको छैन । तर जसले टिकट पाए पनि एमालेका देशभरका उम्मेदवारले जित्नुपर्छ भन्ने मेरो मान्यता हो ।’