काठमाडौँ। राप्रपा केन्द्रीय सदस्य तथा राजसंस्था फर्काउने आन्दोलनकी ‘पब्लिक फेस’ खुस्बु ओलीले आम सर्वसाधारणलाई विद्रोहमा उत्रिन आह्वान गरेकी छन् ।
उनले काँग्रेस, एमाले र माओवादीमा आबद्धहरूलाई दासभन्दा माथि उठ्न आग्रह समेत गरेकी छन् ।
राप्रपाले मंगलवार काठमाडौँमा आयोजना गरेको जनप्रदर्शनका क्रममा बल्खुमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रवादी नेता कार्यकर्तालाई बोल्न नदिएर देशमा लोकतन्त्र होइन दासहरू मात्र बाँच्न पाउँछन् भन्ने सन्देश दिइएको बताइन् ।
ओलीले राप्रपा नेताहरूलाई पक्राउ गरेर थुनेकोमा आपत्ति जनाउँदै कारवाही राष्ट्रवादीहरूलाई होइन अहिलेको दलका नेताहरूमाथि हुनुपर्ने बताइन् ।
ओलीले भनिन्,‘५ हजार मैले मारेको हुँ भनेर स्वीकार गर्ने ‘प्रचण्ड’लाई कारबाही गर्नुपर्छ । राष्ट्रवादीहरूमाथि बाघ बनेर झम्टिन आह्वान गर्ने केपी शर्मा ओलीमाथि कारबाही हुनुपर्छ । बालसेना प्रयोग गरेर हत्या हिंसा मच्चाएको स्वीकार गर्ने बाबुराम भट्टराईमाथि कारबाही हुनुपर्छ ।’