२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतसँगको सम्बन्धबाट लाभ लिन सक्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । नेपालले छिमेकी मुलुक भारतसँगको सम्बन्धबाट लाभ लिन सक्नुपर्नेमा जोड दिइएको छ । 

भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारतमैत्री समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताहरूले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई आपसी हित र पारस्परिक लाभको रूपमा विकसित गर्नुपर्नेमा जोड दिए ।

भारतको आर्थिक समृद्धि, सूचना र प्रविधिको क्षेत्रमा गरेको प्रगतिबाट नेपालले फाइदा लिएर तीव्र विकासको दिशामा अघि बढ्नुपर्ने वक्ताहरूको भनाइ छ ।

पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल र भारतबीचको अभूतपूर्व सम्बन्धलाई पारस्परिक लाभको रूपमा उपयोग गर्न सक्नुपर्ने बताए । उनले भने, “नेपाल र भारतबीचको सम्बन्ध विश्वकै अनुपम छ । खुला सिमाना, भाषा, भेषभूषा, संस्कृति, रहनसन आदि कारणले दुई देशको सम्बन्धको बहुआयामिक महत्व छ । त्यसैले आर्थिक प्रगतिका हिसाबले विश्वको तेस्रो मुलुक भारतको प्रगतिबाट नेपाल लाभान्वित हुन सक्नुपर्दछ ।”

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल र भारतबीच अन्योन्याश्रित सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताए । 
“दुई देशबीचको भौगोलिक र सांस्कृतिक सम्बन्धलाई पारस्परिक हित र स्वार्थलाई केन्द्रमा राखेर सम्बन्धलाई बलियो बनाउनुपर्छ । केही समस्या छ भने पनि त्यसलाई चरणबद्ध समाधान गर्दै आर्थिक सम्बन्धलाई विस्तार गर्नुपर्छ”, उनले भने ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दुई देशबीचको सामाजिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने धारणा राखे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले दुई देशबीचको सम्बन्धबाट आर्थिक समृद्धिको दिशामा लाभ लिन सक्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले कृषि, ऊर्जा, पर्यटन, सूचना र प्रविधिका क्षेत्रमा भारतीय लगानी भित्र्याउने कार्यमा ध्यान दिइनुपर्ने आवश्यकता औँल्याए ।

नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले भारतको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिए । भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) राकेश पाण्डेले सामाजिक र सांस्कृतिक हिसाबले दुवै देशबीचमा जनस्तरमा घनिष्ठ र प्रगाढ सम्बन्ध रहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले भारतसँगको कूटनीतिक सम्बन्धलाई फराकिलो बनाएर प्रविधि, पर्यटनलगायत क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखिन् । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले दुई देशबीचको जनता–जनताबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए ।

नेपाल-भारतमैत्री समाजका अध्यक्ष प्रेम लस्करीले सनातनदेखि नै नेपाल-भारतबीच भेषभूषा, धर्म, संस्कृति र नदीनालाले जोडेको बहुआयामिक सम्बन्धलाई कसैले चाहँदैमा नडगमगाउने बताए ।