२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए

अ+ अ-

काठमाडौँ । लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोशी ब्यारेजका १६ वटा ढोका खोलिएका छन् ।

आज बिहान ८:०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड ७८ हजार २३० क्युसेक पानीको प्रवाह हुँदा १३ ढोका खोलिएको थियो । दिउँसो १२ बजे मापन गर्दा प्रवाह प्रतिसेकेन्ड ९२ हजार १३० क्युसेक, अपराह्न ४:०० बजे १ लाख २८ हजार ११५ क्युसेक र बेलुका ८:०० बजे १ लाख ३४ हजार ५५५ क्युसेक पुगेपछि १६ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

गत असोज १९ गते नदीमा पानीको प्रवाह अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका थिए । 

त्यसपछि केही समयसम्म प्रवाह घटेको भए पनि बिहीबार देखिको अविरल वर्षाका कारण आज साँझदेखि सप्तकोशीमा पुनः पानीको मात्रा बढ्न थालेको खतिवडाले बताए ।

लगातार भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार बाढी, पहिरो, डुबान तथा यातायात अवरुद्धजस्ता जोखिम हुनसक्ने भएकाले अत्यावश्यक नभई सकेसम्म घरदेखि टाढा तथा रातिको समयमा यात्रा नगर्न, डुबान वा पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दाले सुरक्षित स्थानमा सर्न र नदी किनार नजिक बसोबास गर्नेहरूले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

त्यसैगरी, विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय तहहरूलाई पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर तथा एक्जाभेटरजस्ता उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि लगातार भइरहेको वर्षाका कारण जलसतह बढिरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको श्रेष्ठले जानकारी दिए।