काठमाडौँ । सरकारले २ सय ५६ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका २ सय ५६ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदशि खरेलले बताए ।
सरकारले स्वास्थ्य बीमा बोर्ड, गेटा अस्पताल, धनगढी, कैलाली सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा, बाँके, डडेलधुरा अस्पताल, डडेलधुरा र कान्ति बाल अस्पताल, काठमाडौँको आ.व. ०८२/८३ का लागि अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।







