काठमाडौँ । प्रहरीले नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका एमालेका कार्यकर्तालाई माइतीघर –बानेश्वर सडक खाली गराउन अनुरोध गरेको छ ।
एमालेका प्रदर्शनकारी माइतीघरबाट बानेश्वरतर्फ अघि बढेपछि खाली गराउन आग्रह गरेको हो।
प्रदर्शन चलिरहँदा सिंहदरबार आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।
आन्दोलनमा उत्रिएका एमालेका कार्यकर्ता सिंहदरबारतिर अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको थियो।
प्रहरीसँगको मुठभेडमा केही घाइते पनि भएका छन्।







