काठमाडौँ । ३० जना उपसचिवको सरुवा गरिएको छ । अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत उपसचिवहरूको विभिन्न निकायमा सरुवा तथा पदस्थापन गरेको हो ।
लोक सेवाले प्रकाशन गरेको वरियता अनुसार स्वयं कर्मचारीलाई नै रोजाएर उनीहरूको सरुवा गरिएको मन्त्रालयले प्रशासनलाई जानकारी दिएको छ ।







