काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई उपसचिवसहित चार कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले संघीय र स्थानीय प्रशासन शाखामा कर्मचारी फेरबदल गरेको हो।
प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार जिल्ला समन्वय समिति पाँचथरबाट उपसचिव सुनील कुमार पासवानलाई मन्त्रालयको संघीय कर्मचारी प्रशासन शाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने पर्यटन मन्त्रालयका उपसचिव झविन्द्र खनाललाई स्थानीय तहको कर्मचारी प्रशासन प्रमुखमा राखिएको छ ।
त्यस्तै अधिकृतद्वय सञ्जीव नेपाल र ऋषिकेश खतिवडालाई गृह मन्त्रालयबाट क्रमशः संघीय तथा स्थानीय कर्मचारी प्रशासन शाखामा जिम्मेवारी दिइएको छ।







