२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को करिब १२ वर्षअघिको र्‍याप ब्याटल भिडियोप्रति असन्तुष्टि जनाउँदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिहरूले साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन्।

उजुरीकर्ताहरूले सो भिडियोमा प्रयोग गरिएका शब्द तथा अभिव्यक्तिहरू महिला तथा यौनिक अल्पसंख्यक समुदायप्रति लक्षित अपमानजनक र घृणाजनक रहेको दाबी गरेका छन्।

संघ नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त सामग्रीमा शाह र लिटल ग्रिजलबीचको र्‍याप प्रतिस्पर्धा समेटिएको छ, जसमा अश्लीलता, लैंगिक संवेदनशीलता विपरीत अभिव्यक्ति तथा अपमानजनक शब्द प्रयोग भएको आरोप लगाइएको छ। पछिल्लो समय प्रधानमन्त्री शाहसँग सम्बन्धित एक सामाजिक सञ्जाल विवादका कारण यो पुरानो भिडियो पुनः चर्चामा आएको बताइएको छ।

सो भिडियोले हालसम्म करिब एक करोड ५० लाखभन्दा बढी पटक हेरिएको जनाइएको छ। सामग्रीमा दिवंगत र्‍यापर यमबुद्ध पनि देखिन्छन्। 

साइबर ब्युरोमा दर्ता गरिएको उजुरीमा भिडियोभित्र प्रयोग भएका केही शब्दले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपमान भएको उल्लेख गर्दै आपत्ति जनाइएको छ।

उजुरीमा प्रधानमन्त्री शाह सार्वजनिक पदमा रहेको व्यक्तित्व भएकाले यस्ता सामग्रीले सामाजिक स्तरमा विभेद र असुरक्षाको वातावरण सिर्जना गर्न सक्ने दाबी गरिएको छ। साथै, उक्त सामग्रीले महिला तथा लैंगिक अल्पसंख्यक समुदायप्रति नकारात्मक प्रभाव पारेको भन्दै हटाउनुपर्ने माग गरिएको छ।

त्यसैगरी, भिडियोबाट भएको आम्दानी सामाजिक सन्देशमूलक तथा समावेशी गतिविधिमा खर्च गर्नुपर्ने, सार्वजनिक रूपमा माफी मागिनुपर्ने तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत उजुरीमा समेटिएको छ।

0 Comments