२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय किताबखानाद्वारा घरबाटै सेवा उपलब्ध गराउने व्यवस्था सुरु

अ+ अ-

काठमाडौँ । राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण बुझाउनुपर्ने कर्मचारीलाई लक्षित गर्दै घरबाटै सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ।

सम्पत्ति छानबिन आयोग-२०८३ को सूचना अनुसार एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व रहेका उपसचिव वा सोभन्दा माथिल्लो तहका बहालवाला तथा निवृत्त कर्मचारीलाई लक्षित गरी उक्त व्यवस्था लागू गरिएको राष्ट्रिय किताबखानाले जनाएको छ।

महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार सार्वजनिक बिदा लगातार परेका कारण देश तथा विदेशमा रहेका सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था सुरु गरिएको हो।

उनले सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउने सरकारको कार्यदिशा अनुसार कार्यालयले परम्परागत सेवा प्रणालीलाई क्रमशः विद्युतीय माध्यममा रूपान्तरण गर्दै लगिएको बताए।

यस व्यवस्थाअन्तर्गत तोकिएका कर्मचारीले सार्वजनिक बिदाका दिनसमेत घरबाटै कम्प्युटर तथा इन्टरनेटको प्रयोगमार्फत सेवा सञ्चालन गर्नेछन्। सेवाग्राहीले पनि आफ्नै मोबाइल फोनमार्फत आवश्यक सेवा प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ।

राष्ट्रिय किताबखानाका अनुसार २०८३ जेठ १४ गतेदेखि लगातार चार दिनको सार्वजनिक बिदाको अवधिमा यो सेवा सञ्चालन गरिएको हो।

कार्यालयले विद्युतीय हुलाक, ह्वाट्सएप लगायतका विद्युतीय माध्यम प्रयोग गरी बहालवाला तथा निवृत्त कर्मचारीलाई ‘तलबी आम्दानीको निस्सा’ उपलब्ध गराइरहेको जनाएको छ। यस कार्यमा चार जना कर्मचारी स्वेच्छिक रूपमा सहभागी भएको कार्यालयको भनाइ छ।

राष्ट्रिय किताबखानाले यसअघि नै आफ्ना अधिकांश सेवाहरू सेवाग्राहीको प्रत्यक्ष उपस्थितिबिनै उपलब्ध गराउने व्यवस्था लागू गरिसकेको जनाएको छ।

0 Comments