२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठेको दाबी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे व्यक्त गरेको भनाइप्रति प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कडा आपत्ति जनाएको छ। उक्त अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान कमजोर बनाएको भन्दै एमालेले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेको हो।

राष्ट्रिय सभा बैठकको प्रारम्भमै आकस्मिक समय लिएर बोल्दै एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै यसले नागरिकमा असन्तोष र असहजता पैदा गरेको बताइन्। उनका अनुसार यस्तो भनाइले राष्ट्रिय सम्मानमा चोट पुगेको अनुभूति भएको छ।

झाँक्रीले वर्तमान राजनीतिक नेतृत्वले देशको सार्वभौमिकता, राष्ट्रियता तथा भौगोलिक अखण्डताको संरक्षण गर्न सक्ने क्षमतामाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएको टिप्पणी गरिन्। उनले अभिव्यक्तिले आम नागरिकमा निराशा र असन्तुष्टि बढाएको उल्लेख गरिन्।

यसअघि प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राख्दै दुवै देशबीच केही स्थानमा भूमिसम्बन्धी प्रश्न रहेको उल्लेख गरेका थिए।

त्यस भनाइलाई लिएर विपक्षी दलहरूले कडा आलोचना गर्दै आएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्रीसँग उक्त अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै राजनीतिक तथा कूटनीतिक दृष्टिले संवेदनशील विषयमा जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने धारणा दोहोर्‍याएको छ।

0 Comments