काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी उपसचिव वा सो सरह पदको न्याय सेवा, परराष्ट्र सेवा र प्रशासन सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६६४/०८२-८३, र विज्ञापन नं १६६६५/०८२-८३ तथा विज्ञापन नं १६६६६/०८२-८३ (आ.प्र.), न्याय सेवा, सरकारी वकिल समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
यस्तै केन्द्रीय कार्यालयको विज्ञापन नं १६६६७/०८२-८३ (आ.प्र.), परराष्ट्र सेवा, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा पनि आयोगले आजै प्रकाशन गरेको छ । भने विज्ञापन नं १६६६८/०८२-८३ (आ.प्र.), प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगको केन्द्रिय कार्यालयले जानकारी दिएको छ ।















