१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरके म्यानपावरलाई ३ लाख रुपैयाँ जरिवाना

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै आरके म्यानपावर ग्रुप प्रालिमाथि जरिवानासहित प्रशासनिक कारबाही गरेको छ।

विभागले उक्त म्यानपावर कम्पनीलाई ऐनअनुसार अधिकतम तीन लाख रुपैयाँ जरिवाना गर्नुका साथै पहिलो पटकका लागि सचेत गराउने निर्णय गरेको जनाएको छ।

विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा (३) ले इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीलाई व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी प्रक्रिया सञ्चालन गरी कामदार वैदेशिक रोजगारीमा पठाउन नपाइने व्यवस्था गरेको छ। सो कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि विभागले २०८२ चैत २७ गते सार्वजनिक सूचना जारी गर्दै सबै सम्बन्धित पक्षलाई निर्देशन दिएको थियो।

अनुसन्धानका क्रममा आरके म्यानपावरले उक्त कानुनी व्यवस्था तथा विभागबाट जारी निर्देशनको पालना नगरेको पाइएपछि विभागले २०८३ असार १८ गते कारबाही गर्ने निर्णय गरेको हो।

विभागले वैदेशिक रोजगार ऐनको दफा ५४ बमोजिम संस्थालाई पहिलो पटकका लागि सचेत गराएको छ भने दफा ५२ अनुसार तीन लाख रुपैयाँ जरिवाना तोकेको जनाएको छ।

विभागले वैदेशिक रोजगारीका क्रममा व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग तथा गैरकानुनी प्रक्रियामार्फत हुन सक्ने अनियमितता र ठगी नियन्त्रणका लागि कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरिएको संकेत गरेको छ।

0 Comments