२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेन नेतृत्वको सरकार दसैँसम्म मात्रै टिक्ने दुर्गा प्रसाईँको दाबी 

अ+ अ-

काठमाडौँ । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान सरकारको कार्यकालप्रति प्रश्न उठाउँदै सरकार दसैँसम्म मात्रै टिक्ने दाबी गरेका छन्।

झापाबाट काठमाडौँ आएका प्रसाईँलाई निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिएर पछि निवासमै पुर्‍याएको थियो। त्यसलगत्तै उनले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै सरकारको भविष्यबारे यस्तो टिप्पणी गरेका हुन्।

प्रसाईँले वर्तमान सरकार जुन प्रक्रियाबाट सत्तामा पुगेको हो, अन्ततः त्यही प्रक्रियाबाट बाहिरिने दाबी गरे।

उनले आफूलाई बदनाम गर्ने उद्देश्यले राज्य पक्षबाट धरपकड र फसाउने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्ता प्रयास सफल नहुने बताए।

पत्रकार सम्मेलनमा उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको नाम उल्लेख गर्दै ‘बालेन सरकार’ले सामाजिक सञ्जालको ‘अल्गोरिदम’ नियन्त्रणमार्फत फासिवादी प्रवृत्ति विकास गर्न खोजेको आरोपसमेत लगाए।

प्रसाईँले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै यसले नागरिकलाई निराश बनाएको दाबी गरे। आफूहरूको माग केवल नागरिकलाई सम्मानपूर्वक जीविकोपार्जन गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने रहेको उनको भनाइ थियो।

Leave a Reply