२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकाको राष्ट्रिय परिचय नम्बरबारे बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिकाको राष्ट्रिय परिचय नम्बर सम्बन्धमा बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।

विभागले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागलाई पत्र पठाउँदै बालबालिकाको राष्ट्रिय परिचय नम्बर प्राप्त गर्ने प्रक्रियाबारे स्पष्ट पार्दै सेवा प्रवाहमा सहजता ल्याउन आग्रह गरेको हो ।

विभागका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा कारोबारसम्बन्धी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अनुसार नागरिकता प्राप्त गर्ने उमेर नपुगेका नेपाली नागरिकले तोकिएबमोजिम नाबालक राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था भए पनि उक्त व्यवस्था हाल पूर्ण रूपमा कार्यान्वयनमा नरहेको विभागले जनाएको छ ।

विभागले १६ वर्षभन्दा कम उमेरका नेपाली नागरिकका लागि जन्मदर्ता प्रमाणपत्र जारी गर्दा राष्ट्रिय परिचय नम्बर समावेश गर्ने व्यवस्था सुरु गरिएको भए पनि सबै बालबालिकाले अझै राष्ट्रिय परिचय नम्बर प्राप्त गरी नसकेको अवस्था रहेको उल्लेख गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ सेवा तथा शेयर कारोबारका क्रममा बालबालिकाको राष्ट्रिय परिचय नम्बर अनिवार्य माग गरेको गुनासो विभागमा आएपछि समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकमार्फत सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन तथा सहजीकरण गर्न आग्रह गरिएको हो ।

विभागले सम्बन्धित निकायलाई बालबालिकाको हकमा राष्ट्रिय परिचय नम्बरसम्बन्धी व्यवस्था कार्यान्वयनमा व्यावहारिक सहजता अपनाउन अनुरोध गरेको छ ।

0 Comments