३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोलभेँडा किसानसँग कृषि मन्त्रीको छलफल, उचित मूल्य र बजार व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उचित मूल्यको माग गर्दै प्रदर्शनमा उत्रिएका गोलभेँडा किसानका प्रतिनिधिसँग छलफल गरी उनीहरूका गुनासा र मागबारे जानकारी लिएकी छन्।

माइतीघरमा प्रदर्शन गरेका किसानका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर गरिएको छलफलमा मन्त्री चौधरीले किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाइएको बताइन्। उनले कृषि उपजको कारोबारमा हुने बिचौलियाको प्रभाव न्यूनीकरण गर्न कृषि विधेयक अघि बढाइएको उल्लेख गर्दै त्यसको कार्यान्वयनपछि समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

मन्त्री चौधरीले किसानलाई आफ्नो उत्पादन स्थानीय हाटबजारमार्फत पनि बिक्री वितरण गर्न आग्रह गर्दै सबै कृषि उपज बिक्रीका लागि अनिवार्य रूपमा कालीमाटी बजारमै आउनुपर्ने अवस्था नरहेको धारणा राखिन्।

किसानका समस्या समाधानका लागि मन्त्रालय खुला रहेको उल्लेख गर्दै उनले आन्दोलनभन्दा संवाद र सहकार्यबाट समाधान खोज्न आग्रह गरिन्। रासायनिक मलको आपूर्ति सहज बनाउन पनि कडा अनुगमनको व्यवस्था गरिएको उनको भनाइ थियो।

छलफलका क्रममा मन्त्री चौधरीले किसानका समस्यालाई सम्बन्धित निकायसँग समन्वय गरी व्यावहारिक ढंगले समाधान गर्ने प्रयास गरिने विश्वास दिलाएको कृषि मन्त्रालयले जनाएको छ।

आफू किसान परिवारबाट आएको उल्लेख गर्दै मन्त्री चौधरीले किसानले भोग्ने कठिनाइ र संघर्षप्रति मन्त्रालय संवेदनशील रहेको बताइन्। उनले किसानका जायज माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको र उत्पादन, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा कृषि क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरिन्।

0 Comments