६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हदबन्दी भन्दा बढी जग्गा उपयोगको अवस्था बुझ्न ४० जिल्लामा स्थलगत निरीक्षण गरिँदै

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले कानुनी हदभन्दा बढी जग्गा राख्न सरकारबाट अनुमति पाएका संस्था तथा प्रतिष्ठानहरूको उपयोग अवस्था परीक्षण गर्न देशभर अनुगमन प्रक्रिया अघि बढाएको छ।

विभागले ४० भन्दा बढी जिल्लाका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई स्थलगत निरीक्षण गरी वास्तविक अवस्था समेटिएको प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। यसअघि विभिन्न समयमा विवरण माग गरिए पनि अधिकांश कार्यालयबाट प्रतिवेदन नआएपछि विभागले पुनः सक्रियता बढाउँदै फिल्ड अनुगमनमा जान निर्देशन दिएको जनाएको छ।

विभागको निर्देशनअनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दीभन्दा बढी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, आयोजना, शिक्षण संस्था तथा अन्य संघ-संस्थाले अनुमति दिइएको प्रयोजनअनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत अध्ययन गरिनेछ।

भूमि सम्बन्धी कानुनी व्यवस्थाअनुसार हदबन्दीभन्दा बढी जग्गा राख्ने अनुमति पाएका संस्थाको नियमित निरीक्षण तथा अनुगमन गर्ने दायित्व सम्बन्धित समितिलाई तोकिएको छ। आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक प्रयोग अवस्था अध्ययन गरेर प्रतिवेदन विभागमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

तर, तोकिएको प्रक्रियाअनुसार विवरण प्राप्त हुन नसकेपछि विभागले सम्बन्धित कार्यालयलाई आफैँ स्थलगत रूपमा खटिएर अनुगमन सम्पन्न गर्न निर्देशन दिएको हो।

विभागले अब गरिने निरीक्षणबाट स्वीकृत उद्देश्यअनुसार जग्गाको प्रयोग भए नभएको यकिन गरी स्पष्ट विवरणसहित प्रतिवेदन पेश गर्न भनेको छ। अनुगमन समितिले स्थलगत अवस्थालाई आधार बनाएर तयार गर्ने प्रतिवेदनका आधारमा आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

0 Comments