११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेसँगको सहमतिपछि माधव नेपाल र ‘प्रचण्ड’बीच छलफल, प्रदेश सरकार गठनमा केन्द्रित संवाद

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ। ‘प्रचण्ड’ नेपाल निवास पुगेर भएको भेटमा एमालेसँग भएको पछिल्लो सहमति तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल भएको बताइएको छ।

भेटमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिको समीक्षा गर्नुका साथै त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियाबारे पनि कुराकानी भएको थियो। उनका अनुसार सार्वजनिक रूपमा चर्चा भएजस्तो दुई नेताबीच कुनै मतभेद नरहेको निष्कर्षसमेत छलफलमा व्यक्त गरिएको छ।

प्रदेश सरकार गठनसँग सम्बन्धित विषय बैठकको मुख्य एजेन्डा थियो। विशेष गरी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको टुंगो लगाउने तथा आगामी राजनीतिक कदम कसरी अघि बढाउने भन्ने विषयमा दुई नेताबीच केन्द्रित छलफल भएको जनाइएको छ।

एमालेसँग प्रदेश सरकार सञ्चालनसम्बन्धी तीन बुँदे सहमति भएपछि त्यसप्रति असन्तुष्टि रहेको चर्चा भइरहेका बेला सहसंयोजक नेपालले आइतबार आफू निकटका केही नेतासँग छुट्टै परामर्श गरेका थिए।

‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच शनिबार प्रदेश सरकार सञ्चालनका विषयमा तीन बुँदे सहमति भएको थियो। त्यसपछिको विकसित राजनीतिक अवस्थाबारे सोमबारको भेटमा समीक्षा गरिएको नेताहरूले बताएका छन्।

0 Comments