१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा परेका दुई महिलाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।

श्रावण १७ गते सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुङ्गानाले शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। चिकित्सकको सिफारिसका आधारमा उनलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रसूति गृह, थापाथलीमा ल्याइएको छ, जहाँ विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

त्यसैगरी, श्रावण १८ गते जुम्ला जिल्ला चन्दननाथ नगरपालिका निवासी २८ वर्षीया काशीकला धरलाको गर्भमै शिशुको मृत्यु भएपछि उनको स्वास्थ्य अवस्था ज्यान जोखिमपूर्ण बनेको थियो। चिकित्सकीय सिफारिसअनुसार उनलाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार सुरु गरिएको छ।

दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत नि:शुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। यस सेवाले आकस्मिक अवस्थामा जीवन रक्षक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुका साथै मातृ मृत्यु न्यूनीकरण, सुरक्षित मातृत्व प्रवर्द्धन तथा दुर्गम क्षेत्रका महिलाको जीवन रक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका महिलालाई आवश्यक परेको अवस्थामा समयमै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यस्ता जीवन रक्षक सेवालाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

0 Comments