२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाली सेनाको मनोबल गिर्दै गएको देखेर रातभर निदाउन सकिनँ’ -पूर्व सैनिक एवं सुरक्षा विश्लेषक बस्न्यात

अ+ अ-

काठमाडौँ। गोकर्णेश्वरमा सडक विस्तारका क्रममा सांसद राजुनाथ पाण्डे र नेपाली सेनाका प्रतिनिधिबीच भएको संवादलाई लिएर सार्वजनिक बहस भइरहेका बेला पूर्व सैनिक एवं सुरक्षा विश्लेषक डा. प्रेमसिंह बस्न्यातले नेपाली सेनाको संस्थागत सम्मान, सैनिक मनोबल र नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

बुधवार फेसबुकमा लामो स्टाटस सार्वजनिक गर्दै उनले घटनापछि ‘गए राति २ बजेपछि सुत्न सकिन’ भन्दै आफ्नो मनोव्यथा व्यक्त गरेका छन्। उनका अनुसार यो असहजताको कारण सडक विस्तारको विषय मात्र नभई त्यसक्रममा नेपाली सेनाप्रति गरिएको व्यवहार, त्यसपछि देखिएको संस्थागत मौनता र त्यसले सिर्जना गरेको दीर्घकालीन सन्देश हो।

पूर्व जर्नेल डा. बस्न्यात विशेष गरी सुरक्षा मामिला, सामरिक विषय तथा नेपाली सैनिक इतिहासका विश्लेषक र लेखकका रूपमा परिचित छन्। राष्ट्रिय सुरक्षा, सामरिक तथा समसामयिक राजनीतिक विषयमा उनी विभिन्न राष्ट्रिय सञ्चारमाध्यममार्फत नियमित रूपमा आफ्ना धारणा र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

स्टाटसमा उनले सांसद राजुनाथ पाण्डेले नेपाली सेनाको एउटा संगठनलाई नै पराजित गरेको टिप्पणी गर्दै व्यंग्यात्मक शैलीमा उनलाई ूमानार्थ महारथीू दिनुपर्ने अवस्था आएको उल्लेख गरेका छन्। उक्त घटनाले अब कुनै पनि राजनीतिक नेतृत्वले सेनाको ब्यारेकमै पुगेर आफ्नो इच्छाअनुसार निर्देशन दिन सक्ने गलत अभ्यासको सुरुआत गराएको उनको दाबी छ। सैनिक नियम, सुझाव र संस्थागत प्रक्रियाभन्दा राजनीतिक दबाब हाबी भएको सन्देश गएको उनको भनाइ छ।

उनले त्यसको प्रत्यक्ष असर नेपाली सेनाको मनोबलमा परेको दाबी गरेका छन्। सैनिक संगठनको सबैभन्दा ठूलो शक्ति नै मनोबल भएको उल्लेख गर्दै उनले सेनाले आफ्नो ब्यारेक, संगठन र जिम्मेवारीप्रतिको आत्मविश्वास गुमाउँदै जाने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।

प्रेमको स्टाटसको अर्को केन्द्रबिन्दु नेपाली सेनाको उच्च नेतृत्व हो। वार कलेजलगायत विभिन्न उच्च सैनिक तालिम प्राप्त एकतारेदेखि चारतारे अधिकृतहरूप्रति असन्तुष्टि व्यक्त गर्दै उनले केही अपवादबाहेक संस्थाको सम्मान जोगाउन अपेक्षित नेतृत्व देखिन नसकेको टिप्पणी गरेका छन्। सैनिक संगठनमाथि सार्वजनिक रूपमा प्रश्न उठ्दा पनि नेतृत्व मौन बसेको भन्दै उनले त्यसलाई चिन्ताको विषय बताएका छन्।

राजनीतिक नेतृत्वप्रति पनि उनको असन्तुष्टि उत्तिकै तीव्र छ। प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहले घटनापछि कुनै सार्वजनिक धारणा व्यक्त नगरेको भन्दै उनले प्रश्न उठाएका छन्। नेपाली सेनाका सर्वोच्च कमान्डरका रूपमा राष्ट्रपतिबाट पनि कुनै प्रतिक्रिया नआएको उल्लेख गर्दै उनले त्यसलाई दुर्भाग्यपूर्ण अवस्था भनेका छन्। आफ्नो दृष्टिमा यस घटनाले नेपाली सेनाको ‘रणनीतिक अवमूल्यन’ भएको दाबीसमेत उनले गरेका छन्।

अवकाशप्राप्त सैनिक अधिकारीहरूको भूमिकामाथि पनि उनले टिप्पणी गरेका छन्। नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरू संगठनसँग सम्बन्धित विषयमा एकजुट भएर आवाज उठाउने गरेको उदाहरण दिँदै उनले नेपाली सेनाका पूर्वउच्च अधिकारीहरूमा त्यस्तो एकता नदेखिएको उल्लेख गरेका छन्। केही पूर्वप्रधानसेनापतिबाहेक धेरैजसो नेतृत्व सेनाको विषयमा मौन रहेको उनको टिप्पणी छ।

यद्यपि, उनले सम्पूर्ण नेपाली सेनालाई दोष दिन नहुने पनि स्पष्ट गरेका छन्। बरु पहिलो श्रेणी र त्यसभन्दा माथिका सैनिक अधिकृतहरूले संस्थाको सम्मान र प्रतिष्ठाको रक्षामा अझ दृढ भूमिका खेल्नुपर्ने उनको धारणा छ। तल्लो तहका सैनिक नेतृत्वमा अझ बढी आत्मसम्मान र संस्थाप्रतिको प्रतिबद्धता रहेको विश्वाससमेत उनले व्यक्त गरेका छन्।

स्टाटसको अन्त्यमा प्रेमले आफूले उठाएका विषयका कारण जुनसुकै कारबाही भोग्न तयार रहेको बताएका छन्। ‘म सैनिक इतिहास लेख्ने सिपाही हुँ,’ भन्दै उनले सैनिक नेतृत्वको क्षमता र कमजोरी दुवै इतिहासमा अभिलेख गर्ने उल्लेख गरेका छन्। साथै, घटनापछि नेपाली सेनाका अवकाशप्राप्त कर्णेल, सुबेदारदेखि अन्य पूर्वसैनिकहरूले आफूलाई फोन गरेर सेनाको प्रतिष्ठाप्रति चिन्ता व्यक्त गरेको दाबी गर्दै उनले उनीहरूप्रति सम्मान व्यक्त गरेका छन्।

स्टाटसको अन्त्यमा उनले ‘मेरो देश–मेरो सेना स् मेरा गौरव हुन्’ लेख्दै आफ्नो अभिव्यक्ति कुनै व्यक्ति वा समूहविरुद्ध नभई नेपाली सेनाको संस्थागत सम्मान र मनोबलको पक्षमा रहेको सन्देश दिएका छन्।

हिजो के भएको थियो ?
सोमबार गोकर्णेश्वर नगरपालिका–४ अन्तर्गत मकालबारीदेखि गोकर्णेश्वर मन्दिरसम्मको सडक विस्तारका क्रममा नेपाली सेनाको पर्खाल हटाउने विषयसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको थियो।

सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका प्रतिनिधिसँग गरेको संवाद सार्वजनिक भएसँगै बहस सडक विस्तारको निर्णयभन्दा पनि जनप्रतिनिधिको संवाद शैली, सुरक्षा निकायको चेन अफ कमान्ड, संस्थागत समन्वय र कानुनी प्रक्रियाको सम्मानमा केन्द्रित भयो। एक पक्षले सडक विस्तारका लागि सांसदको सक्रियताको समर्थन गरेको थियो भने अर्को पक्षले सार्वजनिक काम कार्यान्वयनका क्रममा पनि राज्यका संस्थाबीच आवश्यक समन्वय, प्रक्रियागत मर्यादा र पारस्परिक सम्मान कायम रहनुपर्ने धारणा व्यक्त भएका थिए ।

प्रेमको पछिल्लो अभिव्यक्ति पनि यही घटनाक्रमको पृष्ठभूमिमा आएको हो।

0 Comments