२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले स्वर्गीय अजित मिजारका परिवारसँग भेट गरी उनको मृत्यु प्रकरण र न्यायप्राप्तिसँग सम्बन्धित विषयमा छलफल गरेकी छन्।

काठमाडौँमा शुक्रबार भएको भेटमा मिजारका परिवारले लामो समयदेखि न्यायको प्रतीक्षा गर्दा भोग्नुपरेको पीडा र अनुभवबारे मन्त्री बादीलाई जानकारी गराएका छन्। परिवारले न्यायप्राप्तिका सम्बन्धमा आफ्ना अपेक्षा र सरोकारसमेत राखेको थियो।

मन्त्री बादीले परिवारका कुरा सुन्दै न्यायका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था कुनै पनि नागरिकका लागि दुःखद भएको बताएकी छन्। पीडितको आवाज सुन्नु, मानव अधिकारको संरक्षण गर्नु र विधिको शासन प्रभावकारी रूपमा कार्यान्वयन गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ।

मन्त्री बादीले सत्य र न्यायको सुनिश्चिततासँगै संविधानले प्रत्याभूत गरेका अधिकारको प्रभावकारी कार्यान्वयन लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको बताएकी छन्।

मिजार परिवारले उठाएका जायज सरोकार सम्बन्धित निकायसम्म पुर्‍याउन आवश्यक समन्वय तथा पहलमा मन्त्रालय आफ्नो जिम्मेवारीअनुसार सक्रिय रहने उनले स्पष्ट पारेकी छन्।

जातीय विभेद, सामाजिक अन्याय तथा सबै प्रकारका भेदभावविरुद्ध राज्य दृढ रूपमा उभिनुपर्ने उल्लेख गर्दै मन्त्री बादीले संवैधानिक हक, समानता र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएकी छन्।

0 Comments