२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सद्भाव र शान्ति कायम राख्न धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्न विभिन्न धार्मिक सम्प्रदायका धर्मगुरु तथा सामाजिक अगुवाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज आयोजित संयुक्त भेलामा सहभागी हिन्दु, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम गर्न आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको हो ।

यही साउन १० गते आइतबार राति करिब १०:३० बजे साउने सोमबारको बोलबम मेलाका लागि शिव मन्दिरमा जल चढाउन कोशी नदीबाट जल ल्याउने तयारीमा रहेका युवाले ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । सोही क्रममा गोली लागी घाइते भएका १० जनामध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो ।

छलफलमा सहभागी धर्मगुरुहरूले सुनसरीको सामाजिक सद्भाव, सहिष्णुता र आपसी भाइचारामा आँच आउन नदिन सबै पक्ष गम्भीर हुनुपर्ने साथै समाजमा अफवाह फैलिन नदिन तथा शान्तिपूर्ण वातावरण बनाउन धर्मगुरुहरूको भूमिका महत्वपूर्ण हुने बैठकले निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। नागरिकको सुरक्षा प्रशासनको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै जिल्लामा शान्ति, अमनचयन र आपसी सद्भाव कायम राख्न सबै पक्षबाट रचनात्मक सहयोग आवश्यक रहेको उनले बताए ।

बैठकमा सहभागी धार्मिक तथा सामाजिक अगुवाहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउन तथा सद्भाव सुदृढ गर्न ठोस पहल गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । 

0 Comments